गाउँमै आँखाको निःशुल्क उपचार पाएपछि स्थानीय हर्षित

सिरहा / विगत लामो समयदेखि आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका धनगढीमाई नगरपालिकाका स्थानीयहरु गाउँमै नि:शुल्क आँखाको उपचार पाएपछि हर्षित भएका छन्। धनगढीमाई नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा पछिल्लो लामो समयदेखि आर्थिक अभावका कारणले आँखाको उपचार गराउन नसेका स्थानियहरुले पालिकामै निशुल्क उपचार पाएपछि हर्षित भएका हुन्।

धनगढीमाई नगपालिकाले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा पछिल्लो १० दिनदेखि पालिकाको प्रत्येक वडामा मोतिया विन्दु विरामीहरुको लागी शिविर सञ्चान गर्दा स्थानीयहरु खुसी भएका छन्। मोतिया विन्दुका अप्रेशन (शल्यक्रिया) पछि आफ्नो दूरदृष्टिमा सुधार आएकोमा वडा नम्बर ५ जयपुरका ७३ वर्षीय बुद्धिलाल महतोले खुसी व्यक्त गरे।  उनले भने, ‘उमेरसँगै मैले टाढादेख्न छोडिसकेको थिएँ। असजिलो गरी जीवन चलिरहेको थियो। शल्यक्रिया पछि अहिले म डाढापनि देख्न सक्ने भएको छु।’

आर्थिक अभावका कारण आँखाको उपचार गर्न नपाएकी ८० वर्षीय जलेश्वरी देवी कामतीले उपचार पछि ज्योती फर्केकोमा खुशी व्यक्त गरे। उनले भने, ‘राम्रोसँग देख्न छोडिसकेको भएपनि आर्थिक अभावका कारण उपचार गराउन पाईरहेको थिईन, नगरपालिकाले घरमै निःशुल्क उपचार सेवादिएर हाम्रो आँखाको ज्याति फर्र्काएर राम्रो काम गरेको छ।’

धनगढीमाई नगरपालिका १० का ५७ वर्षिय लोकबहादुर मगरको आँखामा ३ वर्षअघि मोतियाविन्दुको समस्या देखिएपनि विभिन्न कारण शल्यक्रिया गराउन सकिरहेका थिएनन्। उनले भने, ‘मेरो आँखामा तीन वर्षअघि नै मोतिया विन्दुको समस्या भएको थियो। त्यसबेला शल्यक्रिया गर्ने अवस्था भएको थिएन। पछि पनि विभिन्न कारणले अस्पताल जान नपाईरहेको बेला नगरपालिकाले गाउँमै अप्रेशन सहितको निःशुल्क शिविर ल्याएपछि मेरो पनि अप्रेशन भयो। यो नगरपालिकाले व्यक्तिले फाईदा पाउनेगरी शिविर आयोजना गरेर राम्रो काम गरेको छ।’ 

एक साताभन्दा लामो समयसम्म चलेको शिविरमा ५२४ जनाको निःशुल्क आँखा अपरेसन भएको नगरपालिकाका सामाजिक विकास शाखाका संयोजकसमेत रहेका  वडा नम्बर ९ का वडाअक्ष प्रकाश योञ्जनले जानकारी दिए। उनले भने, ‘यो पटक अत्यन्तै राम्रोसँग शिविर सम्पन्न भयो। हामीले तिलगंगा आँखा प्रतिष्ठानलाई बार्षिकरुपमा शिविर संचालन गरिदिन र नगरपालिकामा सर्जिकल सेवा सहितको शाखा खोलिदिन अनुरोध गरेका छौं।’

नगरको आफ्नै अस्पताल भए पनि शल्यक्रिया गर्न र शल्यक्रियापछि बिरामीलाई आराम गर्ने पर्याप्त ठाउँ नभएकाले धनगढीमाई १० स्थित प्रमुख प्रशासकीय भवनमा उपकरण जडान गरी आँखाका बिरामीको शल्यक्रिया गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ्यशाखा प्रमुख विन्देश्वर प्रसाद यादवले जानकारी दिए। 

यादवले प्रतिष्ठानबाट डा. इन्दिरा पौण्डेलको नेतृत्वमा चार चिकित्सक र २२ जना स्वास्थ्यकर्मी गरी २६ जना र नगरपालिकाले समेत आवश्यक प्राविधिक जनशक्ति परिचालन गरेको बताए। 

शिविरमा नगरका स्वास्थ्यकर्मीहरूले आँखाको बिरामीको मधुमेह र रक्तचाप जाँच्नेबाहेक शल्यक्रियामा प्रतिष्ठानकै चिकित्सक र स्वास्थ्यकर्मीहरूको संलग्नता छ,’ भन्दै पौण्डेलले भने, ‘शिविरको अन्तिम दिन सम्ममा पाँच सय २४ सयजना बिरामीको शल्यक्रिया गरिएको छ।’

प्रतिष्ठानबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले गत २५ माघदेखि भवानीपुर, अयोध्यानगर, फुलकहाकट्टी, हनुमाननगर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र सर्रे अम्बास, प्राकृतिक अस्पताल र नयनपुर अस्पतालमा बुधबारसम्म आँखाका बिरामीको आँखा जाँच गरी शल्यक्रिया गरिनुपर्ने बिरामी पहिचानका लागि स्क्रिनिङ शिविर चलाएका थिए।

तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका परियोजना अधिकृत महेश पराजुलिले प्रतिष्ठानको अन्धोपन निवारण गर्ने योजनाअनुसार यस वर्ष २४ हजार मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य रहेको बताए। सोही योजनाअनुसार  धनगढीमाई नगरपालिकाको अनुरोधमा प्रतिष्ठानले यहाँ शिविर सञ्चालन गरेको बताए। 

उनले यो प्रविधिअनुसार अस्पतालमा गएर शल्यक्रिया गराउने हो भने एउटा शल्यक्रियाको अस्पतालले मात्र मात्र करिव १७ हजार रुपैयाँ लिने बताए। अति नै विश्वसनिय आफ्नै उत्पादित लेन्स र विश्वस्तरको प्रविधि प्रयोग गरेर अप्रेशन भएको पनि उनले बताए।

प्रतिक्रिया

सम्बन्धित