लागुऔषध दुर्व्यसनी र यौन क्रियाकलापको अखडा बन्दै इटहरी रङ्गशाला
बाहिर चिटिक्क , भित्र भद्रगोल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Rangshala_moTS5fRVX7_nks20mqxswoun3og7u1ea6bd7d2dnde46ndaaoklwt0ctlnnjml8itzvityl_eclkbHYlHS_bwi8qwk8qgjswywjvnjgdt7gzepp6moh9p1pid9xpu0bfneckjybghodtk94.jpg)
इटहरी । सुनसरीको इटहरीस्थित प्रादेशिक रङ्गशाला उचित व्यवस्थापनको अभावमा पछिल्लो समय लागुऔषध दुर्व्यसन र अवैध यौन क्रियाकलापको अखडा बन्न पुगेको छ । निर्माण कम्पनीले समयमै काम सकेर सम्बन्धित पक्षलाई हस्तान्तरण नगर्नु र जिम्मेवार निकायले पनि एक अर्काको भर पर्दा रङ्गशाला अहिले लागुऔषध दुर्व्यसनी र यौन लीला मच्चाउने अखडा बन्न पुगेको हो ।
करिब २२ करोड लगानीमा निर्माण सम्पन्न भए पनि यसको उचित रेख देख र व्यवस्थापन खडकिदा आफैमा लाजमर्दो स्थिति बनेको छ । खेलकुद सँग सम्बन्धित सबै पूर्वाधार निर्माण भइसकेपनि रङ्गशाला रेख देख गर्ने जिम्मेवार निकाय कुन हो भन्ने विषय नै अलमलमा परेको छ । जिल्ला खेलकुद विकास समिति सुनसरीले रङ्गशाला निर्माण पछि त्यसको संरक्षणको दायित्व इटहरीस्थित राष्ट्रिय जागृती क्लबलाई सुम्पिएको बत्ताउँछ ।
विगतमा राजा क्लबले यसको रेखदेख गर्दै आएपनि पछिल्लो समय यसको व्यवस्थापन स्थानीय सरकारले नै चासो र संरक्षण गर्नुपर्ने भन्दै दायित्वबाट पन्छिएको छ । कुनै निकायबाट उचित व्यवस्थापन र रेखदेख नभएपछि पछिल्लो समय रङ्गशाला लागुऔषध दुर्व्यसनी र यौन लीला मच्चाउने अखडा बनेको हो । करोडौँको लगानीमा निर्माण गरिएको रङ्गशाला संरक्षणमा कसैले पनि चासो नदिँदा अहिले झारै झारले कुरूप बनेको छ भने केही भौतिक संरचनाहरू पनि भत्किनुका साथै भवनका झ्यालका सिसा तथा ढोकाहरू फुटेको देख्न सकिन्छ ।
महोत्सव तथा कुनै खेलकुदका कार्यक्रम गर्दा मात्रै चिटिक्क सज्जीने इटहरी रङ्गशाला अरू बेला बेवास्तामा पर्ने गरेको छ । त्यस्तै खेलकुद सँग जोडिएका भवनहरूको पनि संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । सँगै बनेका कतिपय भवनहरू अझै पनि प्रयोगविहीन बनेका छन् भने मानव मलमूत्र पनि सोही भवन भित्रै हुनेहुदा दुर्गन्ध पनि त्यस्तै आउने गरेको छ । पहिलाको जस्तो अहिले खेलकुद पनि नभएकोले लथालिङ्ग भएको हुन सक्ने स्थानीयहरू बताउँछन् ।
इटहरी ४ का लालदिप श्रेष्ठ रङ्गशालाको उचित रेखदेख स्थानीय सरकारबाट हुनुपर्ने बताउँछन् । यो इटहरीको गौरव र सम्पत्ति भएकोले स्थानीय सरकार अभिभावक भएको नाताले यसको रेखदेख र संरक्षणको दायित्व पनि इटहरी सरकारले नै लिनुपर्ने उनको धारणा छ ।
रङ्गशालाको अवस्था देखेर बिहान मर्निङ वाक जानेहरू नै हैरान बनेका छन् । नेपालीमा एक उखान छ हेर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै रङ्गशालाको अवस्था छ । रङ्गशालामा हुनै अवैध क्रियाकलाप बारे प्रहरीमा पनि गुनासो नपुगेको हैन । सर्वसाधारणबाट आएको गुनासोलाई मध्यनजर गर्दै प्रहरीले गएको पुस पहिलो साताबाट सो क्षेत्रमा नियमित गस्ती पनि गर्ने गरेको छ ।
गस्तीकै क्रममा प्रहरीले पुस पहिलो साता देखि हाल सम्म ६ जनालाई नियन्त्रणमा लिएर छाडिसकेको छ । ठेकेदार कम्पनीबाट निर्माण सम्पन्न भइसकेमनि सम्बन्धित पक्षलाई हस्तान्तरण गर्न ढिलाइ भएकोले यो समस्या आएको जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दीपक राईले बताए । उनले इटहरी रङ्गशालाको सम्पूर्ण रेखदेखको जिम्मा इटहरीकै सबैभन्दा पुरानो क्लब राष्ट्रिय जागृती क्लबलाई दिएको पनि बताए । यता जागृती क्लबका हर्ताकर्ता अनुरोध थापा सँग सम्पर्क गर्दा उनले सक्दो रेखदेख र संरक्षण गर्दै आएको दाबी गरे । त्यस्तै इटहरी उपमहानगरमा सम्पर्क गर्दा सम्बन्धित पक्षबाट रेखदेखकालागि अनुरोध नआएको तर पनि स्थानीय सरकारको हिसाबले प्रहरी सँग समन्वय गरी रेखदेख र संरक्षण गर्दै आएको बताएको छ ।
![संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प](https://snowberry.prixacdn.net/media/gallery_folder/pahir_gqw4sCONFG_setgyppud7umugmplep4dw0ypnxgczqevpgbusooiglpjpwntca51dxdoeaw_f8TtdHUqGu_jclzpvbp9aulc4r4jw3w5xgciisnim4ejmxfubt8v7jucr4ig0yi9rx4iprr.jpg)
संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प
![बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/bagmati-mantri_LwOUivPhoZ_6u1ys7vtlwa6dmv0elk8jqvzfwq1lvsyhhoc3rfqbn9krzjbmbsztedhr432_VkzsOPnWsZ_ni9ethryb396cmfeeeckl5uhebzoqmh6erm0p64ohhd9ulfna3sthvcalzzt.jpeg)
बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो
![भाेजपुरकाे होम्ताङ : जहाँ बुनिन्छ घरघरमा नाङ्लो](https://snowberry.prixacdn.net/media/gallery_folder/Naglo%2520sip-bhojpur_hcraZQHSl5_c2doistvgsw3atatev4b0sazmytyx9ybgyjqjlf0w0i3vntafpe6v2apok9f_9JxgqjNQiq_wbepxwdrxhpxdp8yr2cefbiaofodgcao2b21z9mee6zrhptmunizodoyo9nn.jpg)
भाेजपुरकाे होम्ताङ : जहाँ बुनिन्छ घरघरमा नाङ्लो
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_vjbLFzF4dx_bbkl8x8q0y1a2jrcbkwxwyzzf4ryvgracy1tjezxwtnxegvb0x0zheqrpewb.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_1VKXohiUou_vjbchabxwdinp4wdmcdyesgn0g9t03zvhbpkne1vccrz6tl5rinu28md4dpe.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_AZf2453K7d_nqerd8xmhjidhevcnsybovsbw91p6i7xero8khmayrbt7jiixxbqzajhtzqt.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_Y7MZom6mV4_mjdmgvhtwiwgairq4dkctdyfkyxlawjh3xh4rbt9x2afzwu0kyjzehhalfnv.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_5PBvsXsLrS_altyitcpd1hlsfodrmzpxc2eianzdj92lhzji8mmsgztzztkzy2qy9jmlbk0.jpg)
प्रतिक्रिया