६ मुहानबाट सङ्कलन गरेर भोजपुरको टेम्केमैयुङ गाउँमा खानेपानी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bhojpur_jkpcdR4wDZ_rnuribhuktuno83tq2wtvltntvttlbn7jxcmmrqrncohwryqqs4jhpxk4aet_m5Zod6WvE3_ohfh1clsqrhnl3u07hhsxjdm090o64ketbki2vwie29xvbwh58y90uxaxw9k.jpg)
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानीको समस्या हटेको हो । ‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानीको समस्या अन्त्य भएको हो । खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले हालै उद्घाटन गर्नुभयो ।
आयोजना निर्माण गर्न रु दुई करोड १२ लाख खर्च भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । आयोजना निर्माणमा रु ५२ लाख ६३ हजार बराबर उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताउनुभयो ।
छवटा मुहानबाट सङ्कलन गरेर बस्तीसम्म पानी ल्याइएको हो । आयोजनाको पाइप लाइन २६ हजार ९५ मिटर रहेको छ । यहाँ १५ सङ्कलन ट्याङ्की र नौ वितरण ट्याङ्की निर्माण गरिएका छन् । गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले पालिकाको आन्तरिक स्रोत कम भएकाले अरुलाई सहयोगका लागि गुहार्नु परेको बताउनुभयो ।
“स्थानीयले अब स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्”, उपाध्यक्ष राईले भन्नुभयो । चालू आर्थिक वर्ष २०८०÷८१ मा थप ८० परिवारको घरमा पानी पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । कादुरी संस्थाका उप निर्देशक विजयन्त शेरचनले खानेपानीसँगै विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । विसं २०७५ देखि आयोजना निर्माण थालिएको थियो ।
![विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi-1_2bgRpbmYg5_ngo05ybuivakrmwh1tb7vtdvcdj3cfzghtccbjmdsohi2yqepqxbzm1bxxxv_EpoqHsoUgx_dyhdslmrw6iivfzcugdp05k4yevda7jxcdb0eij2exsv4g4j8otwuctvawfo.jpg)
विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते
![वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Karnali-b_IX7op7bpG1_o4r5lyufc7d6t9pfjgfg7p0opl2hoqwlyifahclwm1ikjpvrvmdloflqmys6_sGGQxPFYc8_k9himjfsea23jleui739jvjczqagdmhu2amkohgi0tesjxnqs21p1sra6tw4.jpg)
वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध
![आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अन्य प्रदेशमा के छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/duban-kailali-bhajani_lF17G04QKz_omvhi5jjmaayftt0092bfpuke1mnhshrgi5icxa1v8fyzbbsiqaqt3q48blk_gJ3FCuiKpD_8hrxyfxvnjvjrnbqkpymoxswdaodzlla0zfdqylfzn5tzdride837wfdprhu.jpg)
आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अ…
![महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/sandhyaa_knhl82qiAP_8qlwixl3mszf3atxcc2hp7yj2tsq5hyr6vatoblntdblxc3zf09qtertgtaj_ToWReOPNY0_yetikngfjoznqttvwotj7usscrjocrhayai8pvsfhjfnupe5myp5ffyqvpbb.png)
महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा
![अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Tamor-flood__u8vF85asIv_es5ioylc9gyswyc0bafz86kth3zqkndklarutypok7a36uojsxnvnniqmjpt_mw2JGGjUaO_q2qomzxtox6xpn60wkasp9mqwohheh0hzc46vflfgd54ihsstxx5bvw9jzh8.jpg)
अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन…
![बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कहा छ अवरूद्ध ?](https://snowberry.prixacdn.net/media/gallery_folder/road_ol2fs7PamI_eam9la8i104v9f2uwis6nx5zgldztmylbqh4wnncxbmvazmp7tvt1frk9pmz_3gW4mUF6Ih_b28ekmbkctulx4xlilhlmmpfdfujqy2ny9chk8hppwv7r4fcs9kdknvl9qqm.jpg)
बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कह…
![खसी, बोका बिकेनन् : धरान कृिष बजार ल्याउनुस ....](https://snowberry.prixacdn.net/media/gallery_folder/dharan_jlt06Dujwv_gdb9oy1tyddloyczcamwrdroyi6tydqwzhbhcgcjfpvd2r51vnsygguqml0e_ek1GmaFvXQ_brrovqv4ymihrburshbn7rcsvvnqvzlzdeuvbpxeorngkfnmcd3aqyfdfjod.jpg)
प्रतिक्रिया