‘दंगल’की कान्छी अभिनेत्री सुहानीको निधन, अमिर खान थिए उनीसँग निकै प्रभावित
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-1912_rxWXND8Kbl_1cealgve0njxujpflffvleceijanw3sodrbrpxu0dgcjhah4pjxs5dttfblc_kkh4b8Q6jY_qbjh8tgd0ialb58flkv6ejlcvndntby6p9tl5rq8cpj8euhssihl66lllthl.jpg)
मुम्वइ । दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । र, आमिरले दुवैको तारिफ गरेका थिए ।
इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले सुहानीको तारिफ गर्दै उनी आफूभन्दा राम्रो अभिनेत्री भएको बताएका थिए । आमिरले भनेका थिए, ‘यदि फिल्ममा हामी सबैको अभिनयको मूल्याङ्कन गर्ने हो भने म यी दुई बच्चालाई मेरो अभिनयभन्दा दश गुणा राम्रो भन्छु। फिल्म रिलिज भएपछि दर्शकले यो पनि देख्नेछन्।’ नभन्दै उनको अभिनयको सबैतिर तारिफ हुन पुग्यो ।
आमिरले पनि आफ्नो फिल्मी करियर २५ वर्षसम्म चलेको तर यी बालबालिका निकै प्रतिभाशाली रहेको बताएका थिए । फिल्मका लागि उत्कृष्ट बाल कलाकार छनोटको महत्त्वबारे कुरा गर्दै आमिर खानले आफू र फिल्मका निर्देशक नितिश तिवारीलाई राम्रो बाल कलाकार नभेटिएमा फिल्म नबनाउने कुरासमेत गरेको अवस्थामा उनीहरू भेटिएका थिए । तर, यो फिल्मले भारतीय समाजलाइ ठूलो प्रभाव छाडेको थियो ।
८ महिनाको मिहिनेत पछि गीता फोगटको भूमिका जायरा वसीमलाई र कान्छी बबिता फोगटको भूमिका सुहानी भटनागरलाई दिइएको थियो ।आमिरले यो पनि भनेका थिए, ‘मैले यी बालबालिकाबाट धेरै शरारती कुरा सिकेको छु । म सधैं यो विश्वास गर्छु कि म अझै ठूलो भएको छैन र अझै भित्रबाट बच्चा हुँ। मलाई यी बच्चाहरूसँग काम गर्न रमाईलो लाग्यो।’
सुहानी भटनागरको मृत्युको कारण उनको सम्पूर्ण शरीरमा तरल पदार्थ जम्मा भएको बताइएको छ । केही समयअघि दुर्घटनाका कारण उनको खुट्टा भाँचिएको थियो । उपचारका क्रममा लिइएको औषधिको साइड इफेक्ट देखियो र शरीरमा तरल पदार्थ जम्मा हुन थाल्यो । उनी लामो समय देखि दिल्लीको एम्स अस्पतालमा भर्ना थिइन् ।
सुहानीको निधनको खबर आएपछि आमिर खान प्रोडक्सनले पोस्टमार्फत शोक व्यक्त गरेको छ । यो पोस्टमा लेखिएको छ कि ‘सुहानी सधैं हाम्रो हृदयमा एक तारा हुने छिन्।’
यसका साथै दंगलका निर्देशक नितेश तिवारीले पनि शोक व्यक्त गर्दै भनेका छन्, ‘सुहानीको निधन एकदमै स्तब्ध र दुःखदायी छ। उनी धेरै खुसी र भाग्यवान थिइन्। उनको परिवारमा मेरो गहिरो समवेदना छ ।’
![गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news731670._TNGnFjVLnA_airtagk25p11dekgyvnfou90jsmwbsixs0empl1i9p65ba2vfrokindlg2jk_TftRNFexxX_ta8kofrceysqkbbg6ecewjucekeewy82qoutagb4ttlaglwqmebqh5kb6jxh.png)
गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे
![करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’](https://snowberry.prixacdn.net/media/gallery_folder/Karan-Johar-Yesh-_stWrlSdGVu_pnxszzg98hrqznagw3yad37ehpvhvngcbhuvxvq34abh09qlsi2gwb678ifb_h59SLsxBhL_nrsn19yqt8xmvsxfrxqk2stkylajrgv2xaqkkqk87badqkywe5qdwcclzzjz.png)
करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’
![मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/karan-johar.jpg_2ymcrzDisr_a8jiyh4g6gjmmqd3ktgkedo4tiefe3hekot6oxrukjekjgrswboqrmspzgmg_jFCAcdNOK4_p0wjo00pnrrkzbpwhlz1wkogg2lrwha8ia5nnlfqetyqmicz3tgcba1lwjgb.jpg)
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर
![विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Ameesha.jpg_C4Y4pQJeU4_lzt3gigqae9940rgf5myuw3hpffhqzcrgrestar1dlahc1bmm0zjvb3pexzg_Ut8enCfYut_wkoqza66ee6sz96hg4wkfghxrh8j5nrjpkgkagkekebmlpg3waemoya09pgd.jpg)
विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल
![बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/alka_8gLfPpKDK4_pd8npca1pgbse9jths5tzicsr7kk5wdnfbfzd3xg3n4nearzrsvedc80jtyu_qkHe18Fb7Y_pdogt62j2kh8rxbwxqcz6vyhhp239jrrxl42cmjmzxazhzegbh2vs20ktxn9.jpg)
बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण
![बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news715430._VMrkgIxgtc_zxryiot5yczvbarkiijlmmo019sepictujrdahm7dewzpcdgl7qvpg2jp4wo_QTnK6Vsy6w_k16abdtnef2qdupogdiqugeay2kcsq8gnz80butanazrbankcekmdufcxgrm.png)
बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
![अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Rakhi-Sawant-%25E0%25A4%2589%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25B0-%25E0%25A4%25AC%25E0%25A5%2589%25E0%25A4%25AF%25E0%25A4%25AB%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2587%25E0%25A4%2582%25E0%25A4%25A1-%25E0%25A4%25AA%25E0%25A4%25A4%25E0%25A4%25BF-%25E0%25A4%25AA%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25B5%25E0%25A4%25BE%25E0%25A4%25B0-Biography-in-Hindi_M0sztjfmTj_tbkxslbdwdyhvebvtk94mjj2zedzk6ec3o9q8jhrsy3txohfrrjeiv1kxit7_Rg3pE3ZMAX_rsk9kim9bcbglkp6rkylclfkdvmsquyksargvcypbcfufvmbhkxrotzhuvjw.jpg)
प्रतिक्रिया