चौथो सुष्मा साइन्स ओलम्पियाड २०८० :  प्याराडाइज स्कुलका अनुरोध घिमिरे बने प्रथम

इटहरी ।   चौथो सुष्मा साइन्स ओलम्पियाड २०८०  मा  प्याराडाइज स्कुलका छात्र  अनुरोध घिमिरे प्रथम बनेका छन् । इटहरी स्थित  सुष्मा गाेदावारी कलेजलेकाे प्राङ्गणमा सम्पन्न प्रतियोगितामा तरहरा स्थित प्याराडाइज स्कुलका छात्र अनुरोध घिमिरे प्रथम भएका हुन् । 

उनले नगद रु १५ हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् भने सुकुना मावि बेलबारीका युगान्तर कालाखेती दृतिय भएका छन् उनले नगद रु १० हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।त्यस्तै प्रतियोगिताको तृतिय स्थानमा सुकुना माविकै राम घिमिरेले नगद रु ५ हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रममा सान्त्वना स्वरूप १३ जना विद्यार्थीहरूले जनही रु १ हजार प्राप्त गरे । प्रतियाेगीतालाइ तिन चरणबाट छनौट गरिएको थियो । कोसी प्रदेशका १२२ वटा विद्यालय अन्तरगत ६ सय बढी बिद्यार्थीहरूकाे सहभागिता रहेको थियो । ती विद्यार्थीहरू मध्येबाट अन्तिम राउन्डमा १६ विद्यार्थीहरू छनौटमा परी प्रतियोगितामा सामेल बनेका थिए । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागितामा भव्यताका साथ कार्यक्रम सुरु गरिएकाे उक्त कार्यक्रम विज्ञान र प्रविधिको युगमा सो विषय प्रति विद्यार्थीको रुचि बढाउन लागिएको कलेजले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित