‘घर ज्वाईं’ बसे दयाहाङ,क्यामेरा पूजा गर्दै सुरु भयो सुटिङ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Gj5_sd3gpxKr4b_3j6twjjjxjzuglaotbljpw9dqelshxflnfc2iftvqvf7zsa6cet8ffwxb47s_fKhRCjpE4x_ahxsyxakbb7a8y3lnfjw5rexdkljz377w5hbgrz114xxc8k0ddesdyd5vd9q.jpg)
काठमाडौं । चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो । अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम,तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने छ ।
करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्कर गुरुङ,भोला सापकोटा,राज थापा काउचा,कविता आले,शिला आले,अनु थापा,बिना मगर,खडुगबहादुर पुन (खबपु) सोनाम लामा,बिवेश बुढा,सुनील मगरलगायतले अभिनय गर्नेछन् ।
जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् । सुसन प्रजापतिको छायांकन,हर्क साउद र मनोज थापाको शब्द,संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको अन्तराष्ट्रिय बितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ भने नेपालको बितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसकेका छन् ।
असार २८ गते प्रदर्शन हुने फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने जानकारी निर्देशक अनिल बुढामगरले दिएका छन् ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_K1FJbPEy9A_4feprc6mjj7uvpdpcnctyfvboxsfocqv13ap7apfnci6uimmo3gojcqz1qpb.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_MxrDsNfLuo_qr2klvv2o8tjwqvslqsvghwtl4j2dwkmiq4naijghccdcjtcmjlt2uhpar86.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_axbXEs3hLg_yzshhen9ktnsjhq9carv2hrm3tgusc1kgtbjlqch2nnnyeeo5ry3r14sospa.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_yq8OsGh3PC_qz1koutnjvczrafqok5lcj8lc1ad79i0azvecihuuxm9ws8zaruapzigamzv.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_zVq6hKqcZh_f6pq8m5jevqbwetedlzp8yvgg4n3q7o3mi05m9jvg7wnzefvuzecqwu3vvmu.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_pXHXT7KVHS_djzp2gky5ewrucxkctia8wcbj0jvafpkypgartvdfli5kpxxncspdryjaemj.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_GOc6E8UOiT_krsjbqllk8jlobkcyezzbwouzivfsnbrilcjovfeuwwrboczbretsk1czvz5.jpg)
प्रतिक्रिया