प्रथम नुवाकोट खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

नुवाकोट । नुवाकोटमा शनिबारदेखि प्रथम नुवाकोट खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गरेका थिए। कोलनि ब्याडमिन्टन ग्रुपको आयोजना भएको प्रतियोगितामा रास्ट्रिय पुरुष डबल खुल्लातर्फ ४० जना र जिल्लातर्फको स्पर्धामा ८० जना खेलाडीहरूले भाग लिएका छन्।

जिल्लामा व्याडमिन्टन खेलको विकासको लागि प्रतियोगिता आयोजना गरिएको कोलनी व्याडमिन्टन ग्रुपका संयोजक शनि चित्रकारले जानकारी दिए। प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फको विजेताले ५० हजार रुपैयाँ पाउने छ भने दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ हात पार्नेछन्।

यस्तै जिल्लास्तरीय पुरुषतर्फ प्रथम हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५ हजार रुपैयाँ र तेस्रो हुनेले ३ हजार हात पार्नेछन्। प्रतियोगितालाई सुजिम बजार, रेक्बो पेन्ट्स र क्रेट टायरले प्रायोजन गरेको छ भने संरक्षकको रूपमा विदुर नगरपालिका रहेको छ।

प्रतिक्रिया

सम्बन्धित