एसिया कप खेल्ने नेपालको सपना सकियो, मलेसियासँग ४ विकेटले पराजित

इटहरी । एसिया कप खेल्ने नेपालको सपना तुहिएको छ। एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित भएपछि एसिया कप खेल्ने नेपालको सपना तुहिएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो।

जवाफी ब्याटिङ गरेको मलेसियाले १ बल अगावै लक्ष्य पूरा गर्‍यो। मलेसियाका लागि इल्सा हन्टरले अविजित ६९ रन बनाइन्। त्यस्तै मास इलिसाले १३ रन, महिरा इज्जतीले १६ रन र वान जुलियाले ११ रन बनाइन्।

त्यसअघि नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन, डली भट्टले २५ रन, कविता कुँवरले २३ रन र रुविना क्षेत्रीले २० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

प्रतिक्रिया

सम्बन्धित