दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं / नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार १४.४६ अंकले घटेको सेयर बजार २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ७९ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रह्यो । 
 

प्रतिक्रिया

सम्बन्धित