इटहरीमा मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी सुखद मिलन कार्यक्रम

इटहरी । सङ्खुवासभाको मादीस्थित मादी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरूले आगामी फागुन १२ गते पूर्व विद्यार्थी सुखद मिलन कार्यक्रम गर्ने भएका छन् ।

पूर्वी नेपालको पहिलो विद्यालयको रूपमा स्थापित मादी माध्यमिक विद्यालयमा अध्ययन गरेर बिछोडिएका बिद्यार्थीहरूकाे समूहले आगामी १२ गते सो कार्यक्रम गर्ने भएका हुन । एउटै विद्यालयमा अध्ययन गरेर पढाइ पछि बिदा भइसकेका विद्यार्थीहरूले अन्यको पनि खोजी गरी सो कार्यक्रम आयोजना गर्ने भएका हुन ।

२००८ सालमा स्थापना भएको उक्त विद्यालयमा त्यो बेला देखि अध्ययनरत विद्यार्थीहरूले आगामी शनिवार पूर्व विद्यार्थी सुखद मिलन कार्यक्रम गर्न लागेका हुन ।कार्यक्रम इटहरीको विश्व आदर्श विद्यालय प्राङ्गणमा हुने भएको छ ।

२०१६ देखि विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरूकाे समूहले फागुन १२ गते शनिवार पूर्व विद्यार्थी सुखद मिलन कार्यक्रमको आयोजना गरेको मादी माध्यमिक विद्यालय सङ्खुवासभाका पूर्व विद्यार्थी सङ्घका अध्यक्ष परशुराम दाहालले बताए ।

अध्ययन सकेपछि बिछोडिएका बिद्यार्थीहरूलाइ पुनः एकै ठाउँ भेला गर्ने र भाइचारा सम्बन्ध सदैव स्थापित गराउन यो कार्यक्रम गरिएकाे अध्यक्ष दाहालले बताए । कार्यक्रममा ४०० बढी पूर्व बिद्यार्थीहरूकाे सहभागिता रहने पनि जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित