यस्ताे रह्याे इटहरी नमुना कलेजमा अध्ययनरत  विद्यार्थीहरूकाे "भ्यालेन्टाइन थेम" (तस्विरहरू)

इटहरी / प्रणय दिवसको अवसरमा इटहरी स्थित नमुना कलेजका BHM मा अध्ययनरत  विद्यार्थीहरूले हाउस किपिङ्ग अन्तर्गत गेष्ट रुम डेकाेरेशन तथा भ्यालेन्टाइन थेम सम्बन्धी प्रयोगात्मक क्रियाकलाप गरेका छन् ।आज फागुन २ गते प्रणय दिवसको अवसर पारी विद्यार्थीहरूले सिकेको सिपलाई व्यवहारमा उतारेका हुन् । 

२०५६ सालमा स्थापना भएको ग्रिनपिस एकेडेमी थप स्तरउन्नती गर्दै २०७० सालमा इटहरी नमुना कलेजको रुपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । ४२ जना विद्यार्थीबाट शुरुभएको नमुना कलेज पछिल्लो समय पूर्वी नेपालका सबै जिल्लाहरुका साथै कोरिया तथा जापानबाट समेत गरी ९ हजार भन्दा वढि विद्यार्थीहरुले अध्ययन गरिसकेका छन् । पूर्वी नेपालका विद्याथीहरुको आम रोजाइमा पर्ने यस कलेजमा प्लस टु तथा स्नातक तहमा वि.एस.डब्लु., वि.सि.ए., वि.एच.एम., वि.वि.एस., वि.वि.ए., वि.आई.टी. र  स्नातक–कोत्तर  तहमा एम.वि.ए. को अध्यापन गराईरहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित