यसरी मनाए इटहरीको नमुना कलेजका विद्यार्थीहरूले सरस्वती पूजा(तस्विरहरू)

इटहरी । इटहरीको नमुना कलेजले धुमधामका साथ श्री पञ्चमी अन्तरगत सरस्वती पूजा सम्पन्न गरेका छन् । कलेजको प्राङ्गणमा विविध कार्यक्रमहरू गरी सरस्वती पूजा मनाएका हुन । विद्यार्थीहरूले रमाइलो सांस्कृतिक कार्यक्रम , सरसफाइ तथा कलाहरू प्रस्तुत गर्दै पर्व सम्पन्न गरेका हुन् ।

२०५६ सालमा स्थापना भएको ग्रिनपिस एकेडेमी थप स्तरउन्नती गर्दै २०७० सालमा इटहरी नमुना कलेजको रुपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । ४२ जना विद्यार्थीबाट शुरुभएको नमुना कलेज पछिल्लो समय पूर्वी नेपालका सबै जिल्लाहरुका साथै कोरिया तथा जापानबाट समेत गरी ९ हजार भन्दा वढि विद्यार्थीहरुले अध्ययन गरिसकेका छन् । पूर्वी नेपालका विद्याथीहरुको आम रोजाइमा पर्ने यस कलेजमा प्लस टु तथा स्नातक तहमा वि.एस.डब्लु., वि.सि.ए., वि.एच.एम., वि.वि.एस., वि.वि.ए., वि.आई.टी. र  स्नातक–कोत्तर  तहमा एम.वि.ए. को अध्यापन गराईरहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित