कुमारी सबल योजनामा आवेदन दिने समय लम्बियो
काठमाडौ । कुमारी सबल योजनामा आवेदन दिने समय लम्बिएको छ । अकुमारी क्यापिटल लिमिटेडले आइतबारदेखि निष्काशन गरेको इकाईमा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने छ । कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ ।
यसअघि यो फन्डमा पहिलो चरणमा फागसन २ गतेसम्म आवेदन दिन सकिने भिनएपिन सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो । क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४% विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ ।
त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १% अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया