कोसीमा कडाइ पछि पहाडी रुट बन्यो गाँजा तस्करको ट्रान्जिट प्वाइन्ट , पर्यटक बनेर आएका भारतीयहरू गाँजा सहित समातिए

दुई दिनमा ५५५ किलो गाँजा सहित १६ जना पक्राउ

इटहरी । सप्तकोसी नदिमा प्रहरीले निगरानी बढाउन थालेपछि नेपालमा प्रतिबन्धित लागुअाैषध गाँजा कारोबार गर्ने गिरोहले कोसी राजमार्गलाई मुख्य ट्रान्जिट प्वाइन्ट बनाउन थालेका छन् । प्रहरीले दुई दिनको अन्तरालमा ५५५ केजी गाँजा सहित १६ जनालाई पक्राउ गरेपछि यस्तो तथ्य बाहिरिएको हो । विगतमा पहाडी जिल्लाहरूबाट बासको डुङ्गा बनाइ तलबाट अवैध रूपमा गाँजा भारतको बजारमा निकासी हुने गरेको थियो । प्रह्ररीले बासको डुङ्गामा पनि निगरानी गर्न थालेपछि कारोबारीहरूले पर्यटक बनेर कोसी राजमार्गलाई ट्रान्जिट बनाएका हुन ।

आइतबार प्रहरीले धरानको जिरो पाेइन्टबाट १४९ किलो गाँजा सहित १४ जनालाई पक्राउ गरेको थियो भने मङ्गलवार बिहान एक बजे सुनसरीको वराहक्षेत्र नगरपालिका ९ राजावासबाट ४ सय ६ किलो ९ सय ४० ग्रामसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले धरानबाट भारतीय बाेलेराे सहित १४ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका अधिकांश भारतीय रहेका छन् । उनीहरू पर्यटक बनेर नेपाल प्रवेश गर्दै पहाडी जिल्लाबाट गाँजा बोकेर फर्किने क्रममा धरानबाट पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरूमा बाेलेराे चालक भारत बिहारका ३१ वर्षीय मनोरञ्जन मुइमार, ३९ बर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ वर्षीय सञ्जय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया रिङ्की देवी, ३५ बर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० बर्षीया पुनम देवी र २४ बर्षीया गुडिया देवी, बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारत बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अङ्कित कुमार यादव, राजा जैसवाल, शिवम सिंह र सत्यम यादव रहेका छन् ।

त्यस्तै मङ्गलवार बिहान पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका-८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् । उनीहरूलाई महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले वराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाडीभित्र १३ वटा बोरामा उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । पक्राउ गर्दा टाटा सुमो गाडी चलाई भाग्न खोजेपछि प्रहरीले २ राउन्ड फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी चक्रघट्टीले जनाएको छ । कोसी प्रदेशको पहाडी जिल्लाहरूमा उत्पादन भएका गाँजा भारतीय बजारमा निकै माग हुने गरेका छन् । सिधा राजमार्ग प्रयोग गर्दा प्रहरीको चेकिङमा पर्ने खतरालाई हेरेर कारोबार गर्ने गिरोहले रातको समयलाई सदुपयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित