प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र , केछ प्रतिवद्धता पत्रमा ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Tiktok_OPXtm9FU3M_gaa6vzkcvhvrp2hjscohcszvej0hysgheugwweifxea2evrfjdcwpgwskx2d_xKVg8REnBv_fmxnsk959v6vaohot0bmcamrxy75pmmpio7ismosirnffcwzxxgguc6lzvbj.jpg)
इटहरी । चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले नेपाल सरकारलाई पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र पठाउँदै टिकटकका प्रतिनिधिले ५ क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन्।
सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । कम्पनीले पत्रमा नेपालका सम्पूर्ण कानूनी प्रक्रिया मान्न प्रतिबद्ध रहेको कुरा उल्लेख छ ।
कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाएको छ ।
कम्पनीले कम्युनिटी गाइडलाइन पूर्ण रूपमा पालना गरेको सुनिश्चित गर्न विश्वभर ४० हजार कर्मचारी कार्यरत रहेको उल्लेख गरेको छ । यसका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको बताइएको छ ।
त्यस्तै ती कर्मचारीहरूले टिकटक प्रयोग हुने सम्बन्धित ठाउँका विभिन्न चाल चलन, संस्कृति र कानून पनि ध्यानमा राख्ने गरेको कम्पनीको भनाइ छ । विगत दुई वर्षदेखि नेपालमा आफ्नो प्लेटफर्ममा सुरक्षा सुनिश्चित गर्न कम्पनीले के गरिरहेको थियो भन्ने कुराको जानकारी यस अघिका पत्रहरूमा उल्लेख गरेको थियो ।
पाँच प्रतिबद्धता
१. नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध छौँ
२. यसका विषयवस्तुसँगको ध्यानाकर्षणलाई सम्बोधन गर्न प्रत्यक्ष रिपोर्टिङको पहुँच प्रदान गर्छौँ र एक समर्पित फोकल प्वाइन्ट उपलब्ध गराउँछौँ
३. टिकटकमा राखिने विषयवस्तुको जाँच र नियमन बढाउन अझै धेरै नेपाली बोल्ने स्रोतहरु राख्नेछौँ
४. राष्ट्रव्यापी रुपमा इन्टरनेट सुरक्षा र डिजिटल शिक्षा अभियान कार्यक्रम गर्नेछौँ
५. हाई स्कुल र कलेज विद्यार्थीका लागि शैक्षिक नतिजामा सुधार ल्याउन शैक्षिक विषयवस्तुलाई डिजिटलीकरण गर्नेछौँ
![माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/microsoft_QqFkbirWqw_ecaojnbwfvuy6aptvw0l4ybidyzmpo7kh3r11wwcwvfsb5rhmz8pmdtarxt1_59N46ZjuNs_7pqogjvfl1t6eeewthoxq0q2jhfat9uvd5kay1qeazhjbmjktl2c1h3uiqkh.png)
माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?
![माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Microsoft_1.png_of25Kdz4u2_dj5oxndwtrhk0u9vefqhwaveraoojzou494xnvird13zjfdis5zb9buxaaua_szpBppsHsI_iphn8rtbhh1zzbyd70cl0qadvyhe2yndknvepfxfuapahm8yn5yralblalih.png)
माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या
![माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभावित](https://snowberry.prixacdn.net/media/gallery_folder/mmm_QEFBBIzg4o_gawyn8x2ryusyh7tmfjcwycu9xq8jflrknfc7nofh3vqhisnds3frfqntxwr_ZPIbl5JhHf_d1eurev4bqewc49mtw58kszkawaw8gguyuq5r3nnjdvuhaanrb9yc1irx7sl.jpg)
माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभा…
![एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/elon-musk_Iw0FKR1Xfb_eixvlfqrhxsxxymoozvr2ytwndpg1h2axoedipz5lsasesqljmnl7z0she9o_Muw0fscIiF_yw4wirwrbfd3wdkvmgeeerdb27rsgmrg3vbhhcac5e9nqssdg6tpxgqyykjt.jpg)
एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी
![मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई](https://snowberry.prixacdn.net/media/gallery_folder/AI.png_PB1NiW7dCP_zaykkfptaupczvwebqumdjobv4khyoz2vu8kd32zcaei9snmpfu1xan7qtjv_sQwlKaPyU5_7kvr2y2wcrkseajukz5ylobhmqy99m8plpufsva6gidvszgkhbnlt0lqley7.png)
मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई
![सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा](https://snowberry.prixacdn.net/media/gallery_folder/samsung.png_p6U8Alkb39_nhnfr8aqo1fds5d286lvil1ub70fqzz4rygp8eecx1ylhgy34iqgtspcrjsn_TuwDmYyJJb_b9r41ezymvcd35qnjnc1piyg0g4lg9rxeb2lx1jcuebyhpzuf67za1vmqhz7.png)
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा
![विश्वको पहिलो 'डुअल स्क्रिन' भएको ल्यापटप सार्वजनिक, यस्ता छन् फाइदा](https://snowberry.prixacdn.net/media/gallery_folder/laptop_N4cU3CDfs4_tpxstw5e5r9eyv7hentgyablynuais1bpe0anrgrctmx93pr04crbmbxcjsc_i28lKJGBeW_m2laabetuoscvuqiywuajfrm6uk9dqnr90p93kmydqkikmtmhaeyb14vdrwp.jpg)
प्रतिक्रिया