संस्कार सहितको शिक्षामा अब्बल अक्सब्रिज मन्टेस्वाेरी स्कुल

इटहरी । मन्टेस्वरी विधिबाट बालमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यका साथ १३ वर्षअघि स्कुल स्थापना गर्दा विद्यार्थी पाउनै धौधौ हुन्थ्यो ।  परम्परागत शिक्षातर्फ लत लागेका अभिभावक मन्टेस्वरी विधिको सिकाइ पद्धतिमा उति अभ्यस्त भइसकेका थिएनन् । त्यहि माहाेलका बिच फरक सोच र उद्देश्य सहित स्थापना भएको थियो अक्सब्रिज इन्टरनेशनल मन्टेस्वरी स्कुल ।

सुनसरीका इटहरी ६ स्थित अक्सब्रिज इन्टरनेशनल मन्टेस्वरी स्कुल काेशी प्रदेशकै पहिलो मन्टेस्वाेरी स्कुल मानिन्छ । २०६७ सालमा स्थापना भएको यो स्कुल पछिल्लो समय अभिभावकको रोजाइमा पर्न सफल बनेको छ ।धेरै आरोह–अवरोह छिचोल्दै इटहरीमा स्थापित अक्सबृज  अहिले शहरभित्रकै विद्यार्थी, अभिभावकको रोजाइमा पर्ने उत्कृष्ट शिक्षालय मध्येमा गनिने गरेको छ ।   

विद्यार्थी भर्नामा वर्षै पिच्छे नयाँ रेकर्ड स्थापना गरेको यस मन्टेस्वरीमा कक्षा ५ सम्मको अध्ययन,अध्यापन हुने गरेको छ । साना भाइ बहिनीहरूलाई किताबको भन्दा संस्कार सहितको शिक्षा प्रदान गर्दै आएको अक्सब्रिज इन्टरनेश्नल मन्टेस्वाेरी स्कुलले पढाइ सँगै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूभित्र लुकेको प्रतिभा श्राेत उजागर गर्दै आएको छ । स्थापना कालमा ३२ जना विद्यार्थीबाट सुरु भएको अक्सब्रिज अहिले २५० भन्दा बढीलाइ अध्यापन गराउँदै आएको छ । यहाँका विद्यार्थीहरू शिक्षा सँगै संस्कार अतिरिक्त कृियाकलापमा पनि उत्तिकै अब्बल देखिएका छन् । स्थानीय स्तरमा आयोजना हुने कराते , नृत्य , गायन ,चित्रकला ,जस्ता प्रतियोगितामा यस मन्टेस्वरीका विद्यार्थीहरू उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । 

२०६२।६३ को जनआन्दोलनले जन्माएको गणतन्त्र पछि शिक्षा क्षेत्रले उल्लेखनीय फड्काे मार्याे । जता ततै बोर्डिङ र कलेज खुल्न थाले । बाेडिङ्गमा ४ वर्षका नानीहरू भर्ना हुन थाले ठुला कलेजमा त्यस्तै उमेर अनुसारको भर्ना अभियान चलाए । तर जब घरमा सबै व्यस्त हुन थाले तब बाल बच्चा हेर्ने ,उनिहरूलाई शिक्षाको संस्कार बसाउने कोही भएनन् त्यसैले केही साथीहरूको सल्लाहमा यी नानीहरूलाई सानै उमेरदेखि शिक्षाको संस्कार दिन सके भविष्य उज्ज्वल हुने सोचेर कोसी प्रदेशमै पहिलो पटक मन्टेस्वाेरी स्थापना  गरेको अक्सब्रिज इन्टरनेश्नल मन्टेस्वाेरीका प्रबन्ध निर्देशक तुलसी उप्रेती (टी. आर. सर्मा )ले बताए । 

त्यो बेला यता कतै मन्टेस्वाेरी शिक्षाको संस्कार ने थिएन । अभिभावकलाई बुझाउन निकै कठिन अवस्था थियो । तर पछि बिस्तारै आकर्षण बढ्दै गएको स्मरण गर्दै सर्मा भन्छन् अब त जमाना नै फेरिए जस्तो लाग्छ ।घर परिवारकै वातावरण जस्तो साना नानीहरू छिट्टै शिक्षक शिक्षिकाहरू सँग घुलमुलिने हुँदा उनीहरूमा शैक्षिक विकास सँगै संस्कार शिक्षाको पनि विकास हुने हुँदा अभिभावहरू मन्टेस्वाेरी तर्फ आकर्षित बनेको प्रबन्धक सर्मा बताउँछन् । सँगसँगै अनुभवी शिक्षकको सहयोगमा पारिवारिक वातावरणमा बालबालिकाले खेल्दै सिक्दै अघि बढ्ने मौका पाउँछन् यही भएर पनि अहिले जताततै मन्टेस्वाेरी विकास भएको उनकाे धारणा छ  ।

त्यस्तै विद्यालयले सैद्धान्तिक शिक्षाका साथै सिकाइका व्यावहारिक पक्षलाई विशेष जोड दिँदै आएको छ । यस्तै, एउटा कक्षाकोठामा २० जना भन्दा विद्यार्थी नबढाई नियमित दुई जना शिक्षक राखेर सिकाइका विविध पाटो खोतल्ने काम गरिन्छ ।  पढाइ जीवनको अभिन्न अङ्ग भए पनि पढाइलाई नै बाध्यता बनाउन हुँदैन भन्ने मान्यता स्कुलको छ ।  

यस मन्टेीवाेरीमा पढाइ सँगै बालबालिकाहरूमा योग शिक्षा , कराते र घरमा बाबा आमा सँग बाेल्ने शैली ठुला मान्छेहरूलाई गरिने संस्कार लगायतको शिक्षा प्रदान गरिँदै आएको छ । यसको अलावा साना भाइबहिनीहरूकालागि खेलकुद कक्ष , सफा र शान्त वातावरणको कक्षा कोठा, खेल मैदान , शौचालय र आवस्यकिय पाठ्य पुस्तकको व्यवस्था गरिएको छ । स्कुलमा २ वटा बसको व्यवस्था छ । इटहरी उपमहानगरकारे २० वटै वडाबाट विद्यार्थी आउनेहुँदा यातायातमा छिटो छरितो सेवा प्रदान गर्न स्कुलले २ वटा बसको समेत व्यवस्था मिलाएको छ । 

अभिभावक र विद्यार्थीको रोजाई पछि अब केही नयाँ व्यवस्थापनको सोचमा स्कुल अघि बढेको प्रबन्धक शर्मा बताउँछन् । निकट भविश्यमा नै विद्यालयले अत्याधुनिक कक्षा काेठा सहितकाे आफ्नै भवन निमार्ण गर्ने योजना समेत रहेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित