धरानकाे जिरोप्वाईन्टबाट १४९ केजी गाजा सहित १४ जना पक्राउ

इटहरी । सुनसरीको धरान उप(महानगरपालिका( १३ जिरोप्वाईन्टबाट ठुलो परिमाणमा नियन्त्रीत लागुऔषध गाँजा सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।धनकुटाबाट धरानतर्फ आउँदै गरेको भारतीय बीआर १० पी ९१५४ र एमपी १७ टीए ०५१२ नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्दा दुई वटा गाडीबाट १४९ केजी गाँजा बरामद भएको हाे ।

बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट अमरहाट धरानबाट  खटिएको प्रहरी टोलीले धनकुटाबाट आउँदै गरेकाे दुइवटा बाेलेराे चेक गर्दा साे परिमाणकाे गाजा बरामद भएकाे हाे । 

गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न रहेका चालकहरु भारत बिहारका ३१ बर्षीय मनोरन्जन मुइमार, ३९ बर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ बर्षीय संजय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया रिङ्की देवी, ३५ बर्षीया दया मण्डल, ३७ बर्षीय राजेश मण्डल, ४० बर्षीया पुनम देवी र २४ बर्षीया गुडिया देवीलाई समेत पक्राउ गरेको छ ।

  उक्त घटनामा बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारत बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अङ्कित कुमार यादव, राजा जैसवाल, शिवम सिंह र सत्यम यादवको संलग्नता रहेको पाइएकोले उनीहरूलाई पनि प्रहरीले  नियन्त्रणमा लिएको छ । बरामद गाँजा, सवारी साधन र पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित