सर्वोच्च अदालतको आदेशविरुद्ध थुलुङ दुधकोशी गाउपालिकाले दियाे जनयुद्ध दिवसकाे बिदा

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसको दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अध्यक्ष स्तरको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए। जनयुद्धको जगबाट हालको व्यवस्था आएकाले यसको सम्मानको लागि बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए।

दिवसको अवसरमा  सार्वजनिक बिदा दिँदा जनयुद्धमा साहदत प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मान हुने उनको भनाइ छ।फागुन १ गते पालिकाको सबै सरकारी कार्यालय, शैक्षिक संस्था बन्द हुनेछन्।सर्वोच्च अदालतले नेपाल सरकारको निर्णयविरुद्ध परमादेश जारी गरे पनि अहिले विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरिरहेका छन्। 

स्थानीय सरकारको बिदा दिने निर्णयको सबैले स्वागत गरेका छन्। यता, गृह मन्त्रालयले भने आज एक सूचना जारी गर्दै भोलि फागुन १ गते कुनै पनि किसिमको सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित