प्रेमिकाका बाबु र ठूलोबुवाले गरे पाहुना आएका १९ वर्षीय युवकको घाँटी रेटेर हत्या

दोलखा । दोलखाको शैलुङमा भएको हत्याकाण्डका आरोपीहरुलाई  आइतबार प्रहरी सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका–५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको हो। गत पुसमा शैलुङ गाउँपालिकाका– ४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई उनीहरुले खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ। 

युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक  दीपक खड्काले बताए। उनका अनुसार गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए।गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो। विवादपछि किशोरीका ठुलोबुबाका छोरा विशाल नेपाली पनि पुगेका थिए।​

त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर घाँटी रेटेर हत्या गरेका थिए। दोलखा प्रहरीका अनुसार वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ। त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई मृतक शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेको उनीहरुले बयान दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित

आजको राशिफल ~ वि.सं. २०८० फाल्गुन २० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० फाल्गुन २० गते आइतवार : श्री पाथिभरा देवीकाे कृप…

नाईट क्लवमा काम गर्ने किशोरी सामुहीक बलात्कृत, ट्याक्सी चालक भन्छन् सहमतिमै भएको थियाे

नाईट क्लवमा काम गर्ने किशोरी सामुहीक बलात्कृत, ट्याक्सी चालक भन्छन् सहमतिमै भएक…

शालिन पोखरेल : १० वर्षदेखि बुबा–आमाको ममताबाट टाढिएकी थिइन् : बुबा कान्छी ल्याएर काठमाडौं पसे, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमै हराइन्

शालिन पोखरेल : १० वर्षदेखि बुबा–आमाको ममताबाट टाढिएकी थिइन् : बुबा कान्छी ल्…

एमाले अध्यक्ष ओलीले भने : शालिनको मृत्यु घटनाले बेचैन बनायो, विश्वसनीय अनुसन्धान होस्

एमाले अध्यक्ष ओलीले भने : शालिनको मृत्यु घटनाले बेचैन बनायो, विश्वसनीय अनुसन्…

पालिकाको कार्यकक्षभित्रै दुई महिला कर्मचारीबीच कुटाकुट : सामाजिक सञ्जालमा भाइरल बन्याे भिडियाे

पालिकाको कार्यकक्षभित्रै दुई महिला कर्मचारीबीच कुटाकुट : सामाजिक सञ्जालमा भाइ…

पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसिंह महर

पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसि…

संस्कारसहित शिक्षाका आवाश्यक्ता: प्रधानमन्त्री

संस्कारसहित शिक्षाका आवाश्यक्ता: प्रधानमन्त्री

युवा पलायन हुदाँ देश बृद्दाश्रम बन्ने खतरा: उपप्रधानमन्त्री श्रेष्ठ

युवा पलायन हुदाँ देश बृद्दाश्रम बन्ने खतरा: उपप्रधानमन्त्री श्रेष्ठ