राैतहटकाे विजयपुरमा नागदेवता भन्दै दैनिक सैयौं मानिसले पूजा गर्ने सर्प मृत भेटिएपछि...

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ३ स्थित नाग देवता भनेर दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला परेको छ । तीन साता अघिदेखि फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग ( सर्प )देखिएको थियो । सोमबार बिहान एकजना स्थानीयले उक्त सर्पलाई मृत अवस्थामा फेला पारेका हुन् । 

स्थानीय महिलाहरुले मृत सर्पप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मृत सर्पलाई हेर्नेको घुँईचो लागेको छ ।उक्त स्थानमा दैनिक बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लाग्ने तथा दैनिक सयौं मानिसले पूजासमेत गर्दै आएको स्थानीय वीरेन्द्र यादवले बताए । नहर छेउको खेतको दुलोबाट दैनिक बिहान १० बजे निस्केर अपरान्ह ३ बजेसम्म एउटै स्थानमा बस्नेगरेको गाउँलेले बताएका छन् । उक्त सर्पलाई विज्ञहरुले मोनोक्लड कोब्रा भनेका थिए ।

स्थानीयको अनुरोधमा केही दिनअघि त्यहाँ पुगेकी मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले उक्त स्थानमा नाग देवताको मन्दिर निर्माण गर्ने घोषणा गरेकी थिइन्।यस्तै नाग देवता भनिएको उक्त सर्प जस्तै केही समयअघि कटहरियामा पनि देखिएको थियो। उक्त सर्पलाई ब्लेक कोबरा भनिएको थियो।यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिका अन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो । 

गुजराका मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलको छेउ जंगलमा मन्दिर निर्माणको लागि शिलान्यास गरेका थिए। शिलान्यासको केहीदिन पछि उक्त स्थानमा एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुनसकेन ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता