फेसबुकमा भावुक सन्देश लेखेर बेपत्ता चर्चित रक्तदाता मैनाली कारभित्र मृत भेटिए

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार बिहानै देखि बेपत्ता चर्चित रक्तदाता अर्जुन मैनाली मृत अवस्थामा भेटिएका छन्। आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्मदाह गर्न पुगेका हुन्। अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव बन्द अवस्थामा रहेको एउटा भाडाको कारभित्र जलेको अवस्थामा भेटिएको त्यहाँस्थित एकजना प्रवासी नेपाली पुरुषोत्तम ढकालले जानकारी दिएका छन्।

'दुखेको मन र मन जोड्ने र हारेको मान्छेलाई जिन्दगी जिउन र जित्न अभिप्रेरित गर्ने रक्तदाता अर्जुनप्रसाद मैनाली भाडामा लिएको गाडी बन्द गरेर जलेर मरेको अवस्थामा नर्थ क्यारोलिनाको क्वेष्ट पार्कमा मृत फेला परेको खबरले स्तब्ध छु', ढकालले सोमबार सामाजिक सञ्जालमा भनेका छन्। ढकालका अनुसार प्रहरीले मैनालीको शव गाडीभित्र पूरै जलेको अवस्थामा फेला पारेको हो। घरमा पारिवारिक तनाव भएपछि उनी सोमबार भाडाको कार लिएर उक्त पार्कमा पुगेका थिए।

भाडामा लिएको उक्त कार पनि जलेको छ। प्रहरीले कार बन्द गरेर मैनालीले आफ्नो शरीरमा आगो लगाएको प्रारम्भिक अनुमान गरेको छ। मैनालीको शव नर्थ क्यारोलिनास्थित प्रहरीको टोलीले पोस्टमार्टमका लागि लगेको छ। मैनालीको निधन भएको पुष्टिसहितको पत्र प्रहरीले परिवारलाई बुझाइसकेको छ। आफूलाई समाजसेवीका रुपमा विश्वभर चिनाएका मैनालीले जीवन समाप्त पार्न रोजेको यो कदमबाट नेपालसहित प्रवासमा रहेका नेपाली समुदाय स्तब्ध भएको ढकालले बताए। 

मैनाली बेपत्ता भएपछि उनको अमेरिकास्थित घरमा आफन्तको रूवाबासी चलेको थियो। मैनाली रक्तदाताका रूपमा विश्वभर चर्चित थिए। 

प्रतिक्रिया

सम्बन्धित

आजको राशिफल ~ वि.सं. २०८० फाल्गुन २० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० फाल्गुन २० गते आइतवार : श्री पाथिभरा देवीकाे कृप…

नाईट क्लवमा काम गर्ने किशोरी सामुहीक बलात्कृत, ट्याक्सी चालक भन्छन् सहमतिमै भएको थियाे

नाईट क्लवमा काम गर्ने किशोरी सामुहीक बलात्कृत, ट्याक्सी चालक भन्छन् सहमतिमै भएक…

शालिन पोखरेल : १० वर्षदेखि बुबा–आमाको ममताबाट टाढिएकी थिइन् : बुबा कान्छी ल्याएर काठमाडौं पसे, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमै हराइन्

शालिन पोखरेल : १० वर्षदेखि बुबा–आमाको ममताबाट टाढिएकी थिइन् : बुबा कान्छी ल्…

एमाले अध्यक्ष ओलीले भने : शालिनको मृत्यु घटनाले बेचैन बनायो, विश्वसनीय अनुसन्धान होस्

एमाले अध्यक्ष ओलीले भने : शालिनको मृत्यु घटनाले बेचैन बनायो, विश्वसनीय अनुसन्…

पालिकाको कार्यकक्षभित्रै दुई महिला कर्मचारीबीच कुटाकुट : सामाजिक सञ्जालमा भाइरल बन्याे भिडियाे

पालिकाको कार्यकक्षभित्रै दुई महिला कर्मचारीबीच कुटाकुट : सामाजिक सञ्जालमा भाइ…

पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसिंह महर

पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसि…

संस्कारसहित शिक्षाका आवाश्यक्ता: प्रधानमन्त्री

संस्कारसहित शिक्षाका आवाश्यक्ता: प्रधानमन्त्री

युवा पलायन हुदाँ देश बृद्दाश्रम बन्ने खतरा: उपप्रधानमन्त्री श्रेष्ठ

युवा पलायन हुदाँ देश बृद्दाश्रम बन्ने खतरा: उपप्रधानमन्त्री श्रेष्ठ