विश्व कीर्तिमानी धावकको कार दुर्घटनामा मृत्यु

एजेन्सी । पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा निधन भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा २४ वर्षीय केल्भिनसहित उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमानको मृत्यु भएको बताइएको छ । एएफपी न्यूज एजेन्सीका अनुसार दुर्घटना आइतबार राति स्थानीय समयअनुसार ११ बजे भएको थियो ।  दुर्घटनामा अन्य एक जना घाइतेलाई अस्पताल लगिएको छ ।
 
प्रहरीका अनुसार धावकले नै उक्त कार चलाइरहेका थिए । कारमा नियन्त्रण गुमेपछि दुर्घटना भएको र दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ । सन् २०२३ मा म्याराथनमा केल्भिनको उदय भएको थियो । गत अक्टोबरमा उनले सिकागोमा आयोजित प्रतियोगितामा इलुड किपचोगेको विश्व कीर्तिमान भङ्ग गरेका थिए । उनले ४२ किलोमिटरको म्याराथन २ घण्टा ३५ सेकेन्डमा पुरा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित