धरानमा मेयर हर्क साम्पाङकाे सपना पुरा हुँदै : काेसीबाट पानी ल्याउन सङ्घीय सरकारले छुट्यायाे ५ अर्ब बजेट
![](https://snowberry.prixacdn.net/media/gallery_folder/paani_KT5p0fDeG2_zda3zpmrx6qw60s4kf7g8dr5yvsbbwwubxykgsgju5mpvekx77wyiwu5f1cb_o5m0wuIwaJ_nybcguojuauabj5bhjnityadx9g5xb382ktklqnn1lttaumstudthblysanb.jpg)
इटहरी । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न आगामी आर्थिक वर्षको बजेटमा रु पाँच अर्ब विनियोजन गरिने बताएका छन्।
आज यहाँस्थित केन्द्रीय प्रविधि क्याम्पसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्नेसम्बन्धी कार्यशाला उद्घाटन गर्दै मन्त्री राईले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने आयोजनाको सर्वेक्षण पूरा भएको जानकारी दिए।
मन्त्री राईले भने, “खानेपानीको सर्वेक्षण भइसकेको र प्रतिवेदन खानेपानी मन्त्रालयमा पुगेको छ। आयोजनाका लागि रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम विनियोजन हुनेछ। ”
दश वर्षभित्र लगानी उठाउने योजनासहित सुरु हुने आयोजनामा पूरा हुन तीन वर्ष लाग्ने बताइएको छ। मन्त्री राईले सप्तकोशीबाट ‘लिफ्टिङ सिस्टम’बाट पानी ल्याइने बताए।
विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापनाका लागि धरान उपयुक्त स्थान भएको उनले बताए। उनले कृषिको विकासका लागि प्रशोधन र बजारीकरणको क्षेत्रमा आवश्यक प्रविधि र प्राविधिकको नाष्ट केन्द्रित हुनुपर्नेमा जोड दिए।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा दिलीप सुब्बाले कृषि उत्पादनलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै नाष्टले प्रदेशसँग मिलेर प्रदेशको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले प्रविधिको प्रयोग गरेर कृषि उत्पादन बढाउन किसानलाई सघाउन सकिने बताए।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहोर मैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
![इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेकाे पत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/RAmji_timsina_NakqPWGGau_n11co2cxaclmcfsjuzk2r6eznbz74cfkve4ueqepqbxbaohso3ep0r6zrpxv_PVQndH8vou_bcdmpfupfqbdrokzk3dlzrpzwuaaybchxk4cuv14fxlylvvyv44sjphexhy0.jpg)
इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलब…
![इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_lFbLWVm7wj_hw14ngxve6ipwernxx7izfgydidybqf3u7gxojicr8gph1kupqpgecluffvr_26uPQuBihQ_yp1z8launyv85kpoto2aic4newirii7njkdckpypupkjmbm9loyqdrlbmqla_II7ZSeAIdL_l2jgx7y9ylgtfnycdsis2qslaifb58mvjkpdkyqlr5peze0pm03ccoifzy9q_MyXIi6ugS9_zoiitucltyeanq3vgaps8qhlrsg0r1oottvkv6gawlczwkknymrvhsz649qr.jpg)
इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु
इटहरीमा एमालेले गर्याे कार्यपालिका बैठक बाहिस्कार : उपभोक्ताले करौडौ भुक्तानी…
![इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्दै उपमहानगर](https://snowberry.prixacdn.net/media/gallery_folder/khetikhola-1-750x375_XmhnK5bDel_muv22fisukjwnmjdoyjgrec4upqft1gsyby2dyilvaqevvbo47kn6rjdntow_4VVH96WKFX_ia8gxgmnhvunwuyqvl4tekf6abbjj1oru0sppyui5ajgcdqozxanxunehxvv.jpg)
इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्द…
![वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रेन निर्माण सम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/dren_8lE2tuVc2S_pttevknddgl6plk1eczsujvbohvzmsfrmjuygl8dtowlcqlsefskity15zul_4KK8Ir0Imo_mndxgm5ugvom7bgnpqnjefzwsrknrgrjfxki00mh7bjiqrgolrc1pzmaqz3s.jpeg)
वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रे…
![बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/fohor.png_2n0IYJiIh4_ljuz3u1cposmdhvadi9kz4kqofg8bedqi6zdfqlpvvq9ir7u0rlhluuwl9db_kpzyGy8VyH_ypwr2n25pazzobzqhuquvzgxiqymrfi21ppjxv9wiyr4nz2pk7fns1bqiw8a.png)
बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर
![गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी](https://snowberry.prixacdn.net/media/gallery_folder/itahari16_gYvIy6pwqP_3zymxohur3ocdigerx8exr7ndvy0ocquiix3eu1ibnrfwiiysjfkhjhpxx33_cw7M8IWWOd_wyutvq5qna6mklmdqar8hl6betazrjo9smaz2exm0gaafhnt3sattlxm0pya.jpg)
गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी
![अत्यधिक गर्मी बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/iii_k7SUFLVvMO_41kkotufdmz9dnmnlsxy12bpw835s5jucjadxr5dulx7mpqfdehbhzfqol8v_mhl1BuGrZK_vsfruoe3tp83akbiymsiri0zztccn6ishsnqsicmu4sc7tpeknm3t0hcckxt.jpg)
प्रतिक्रिया