एक दिवसीय सिरिज : आज नेपाल र क्यानडाको अन्तिम खेल हुँदै
इटहरी । क्यानडासँगको एक दिवसीय सिरिजमा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल बिहान ९:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल क्यानडासँगको सिरिज क्लीन स्वीप गर्ने लक्ष्यका साथ सोमबार मैदान उत्रिनेछ।
क्यानडा पनि सान्त्वना जितको खोजीमा हुनेछ। सिरिज हारिसकेको अवस्थामा आज विना दबाब झन् राम्रो गर्न सक्छ । ओपनर आरोन जोनसनले पछिल्लो खेलमा ६५ रनको इनिङ खेलेका थिए । आक्रामक ब्याटर उनी नेपाललाई घातक बन्न सक्छन् । परगत सिंह, निकोलस किर्तोन र नवनित धलिवाल राम्रो ब्याटर हुन् ।क्यानडाको तीव्र गतिको बलिङ आक्रामण त्यति बलियो छैन ।
तर स्पिनर साद बिन जफरले भने नेपाली ब्याटरलाई खुलेर खेल्न दिएका छैनन् । नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो । नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा पनि आफ्ना अनुभवी केही खेलाडीबिनै नेपाल आएको छ। क्यानडा पनि आईसीसी विश्वकप लिग २ को तयारीका लागि नेपाल भ्रमणमा आएको हो।
![भारत महिला एशिया कपको फाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India.jpg-20_3vhiAJf8uX_ye0l5iedtnmyy0lsgjbmjfdld4erkuw9s7migwsmetqhtpsaw8rypecqj1xu_gPTDMVXXmq_tlpuo6k5l5cc6cdlpl1h17xge38f64p3yyoeqfdcdkl57grpra1zdq5lqxjt.jpg)
भारत महिला एशिया कपको फाइनलमा
![सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep1-760x500_sjMT2QJaQ8_qzu9q0u141atqg3oxawcmx8v0vghqzbifa4f4r7swfrxp3xkmwmjnghf8lgb_FabQ02FRkZ_nqdmu7qzislm85xbi1drbdoz9mcommrv0tk2qwhqn6zibunetbhbgtwaqmav.jpg)
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
![पेरिस ओलम्पिकको उद्घाटन आज](https://snowberry.prixacdn.net/media/gallery_folder/images.jpeg-1_tXCQ6EMfDm_tsrnijceyilvrtg3fgrejeryachuszwsnowgzclpgcqthscshksmwakj7kpr_LTtk6GpwNT_xzgotuvopluaipfqys3jqbvj5cfesqn5kww9y6fipdtqnea0gr19xocez4yt.jpeg)
पेरिस ओलम्पिकको उद्घाटन आज
![सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep-lamichhan_BkCJzTwqvp_3gsaaogxsmt5uozw7nixgc8cxynzsfrvn6mlfwdmin5k1izdydwjitsp80n9_FA0kfrwlc5_whbpbks07dyoygz14as2kb6ntbv93kdiwu9vmsuqwsrxbydnptz1cmt022zw.png)
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित
![आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/IPL-.jpg-1_fzZoyHrRc4_bhv0dvqcxukbngy0krnnmeldfqj65xd0wdwf5tqvwz5e3hwv9i2wryidc70r_EeqQt5is28_qv6le0dm9zfxzourpik2rwbby1l5pkyuzwzsxzw2nphbumwozfdohwgvga1j.jpg)
आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग
![पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि](https://snowberry.prixacdn.net/media/gallery_folder/Argentina_XTkl9IqavL_ar6c8tge47izpjgfwu2ghtjothayz3ixijdgftiana7tz6vlu5uetydnncgx_N6QP8c6uc6_n467w65fl2vetxfkpuhg5van03v1bfwhfdrjzobot2rqe7tg8icunzctmwfe.png)
पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि
![फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/football_6wDnWTEKyO_8rcsjjdrszwtxgr1n85bch95arhjpqat94k03ska7jwhgqnv4hbfph1udu3q_zSFN9ONKtF_pz6p5znuyzcresuxqjqcwrn9uhz66sj0qz4fgkw8igniqaeua62jynyjg5ul.jpg)
फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन
![भारतसँग पराजयपछि कप्तान बर्मा- यसपटक धेरै सिक्ने अवसर पायौँ, टोलीको खेलमा गर्व छ](https://snowberry.prixacdn.net/media/gallery_folder/indu-barma_se0y88HyFs_0wenbd66u3t0ia0ig66uryciigzpyrufw21ji1ncdtiz9jb95lzessy10doi_dks8WsgOJ8_a8bpvktqsb4vdbxsgjykoty4enbmd6mjeqjwwh0qxexxw4eiroljvoyiockn.jpg)
प्रतिक्रिया