बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई छाडन आदेश दिने न्यायाधीशकाे मुगु सरुवा

काठमाडौं :। बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । उनको ठाउँमा न्यायाधीश रमाकान्त अधिकारीलाई ल्याइएको छ ।

प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई गत २२ माघमा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्नु भनेर दिन नै तोकेको थियो ।

न्यायधीस आचार्यले पक्राउ परेकाहरुले आफूउपर लागेको आरोपमा अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको, विवादित सम्पत्ति कसैले मास्न लुकाउन वा अहिले नै अन्यत्र हक हस्तान्तरण गरी अनुसन्धान प्रभावित पार्न सक्ने अवस्था नरहेको भन्दै अनुसन्धानका लागि प्रहरीले मागे अनुसार २५ दिन नै समय नचाहिने उल्लेख गरेका थिए ।

२५ गतेदेखि डडेलधुरालगायत सुदूर पश्चिमका जिल्ला अदालतको अनुगमन भ्रमण सकेर सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा राजधानी फर्कन समय लाग्ने र न्याय परिषद बैठक तत्काल बस्न नसक्ने हुँदा काठमाण्डौका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गत बुधबारको विवादास्पद आदेशका निम्ति ठाउँको ठाउँ सजाय पाएको स्रोतको दाबी छ । प्रधान न्यायाधीशको यो निर्णयबाट पनि जग्गा घोटाला प्रकरणमा न्यायाधीशको बदनियत स्वत: प्रमाणित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित

आजको राशिफल ~ वि.सं. २०८० फाल्गुन २० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० फाल्गुन २० गते आइतवार : श्री पाथिभरा देवीकाे कृप…

नाईट क्लवमा काम गर्ने किशोरी सामुहीक बलात्कृत, ट्याक्सी चालक भन्छन् सहमतिमै भएको थियाे

नाईट क्लवमा काम गर्ने किशोरी सामुहीक बलात्कृत, ट्याक्सी चालक भन्छन् सहमतिमै भएक…

शालिन पोखरेल : १० वर्षदेखि बुबा–आमाको ममताबाट टाढिएकी थिइन् : बुबा कान्छी ल्याएर काठमाडौं पसे, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमै हराइन्

शालिन पोखरेल : १० वर्षदेखि बुबा–आमाको ममताबाट टाढिएकी थिइन् : बुबा कान्छी ल्…

एमाले अध्यक्ष ओलीले भने : शालिनको मृत्यु घटनाले बेचैन बनायो, विश्वसनीय अनुसन्धान होस्

एमाले अध्यक्ष ओलीले भने : शालिनको मृत्यु घटनाले बेचैन बनायो, विश्वसनीय अनुसन्…

पालिकाको कार्यकक्षभित्रै दुई महिला कर्मचारीबीच कुटाकुट : सामाजिक सञ्जालमा भाइरल बन्याे भिडियाे

पालिकाको कार्यकक्षभित्रै दुई महिला कर्मचारीबीच कुटाकुट : सामाजिक सञ्जालमा भाइ…

पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसिंह महर

पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसि…

संस्कारसहित शिक्षाका आवाश्यक्ता: प्रधानमन्त्री

संस्कारसहित शिक्षाका आवाश्यक्ता: प्रधानमन्त्री

युवा पलायन हुदाँ देश बृद्दाश्रम बन्ने खतरा: उपप्रधानमन्त्री श्रेष्ठ

युवा पलायन हुदाँ देश बृद्दाश्रम बन्ने खतरा: उपप्रधानमन्त्री श्रेष्ठ