झुम्का बजारमा १५ दिने रामधुनी एक्स्पाे-२०८० हुने , रामधुनीकाे पर्यटकीय क्षेत्रकाे चर्चा गरिने

इटहरी । सुनसरीको झुम्का बजारमा आगामी फागुन  ४ गतेदेखि १९ गते सम्म रामधुनी एक्स्पाे-२०८० हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक्स्पाे बारे जानकारी गराइएको हो ।झुम्का उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त एक्स्पाेमा कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक क्षेत्रलाई प्रवर्द्धन गरिने जनाइएको छ ।

  स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूलाई प्रदर्शन गरी विक्री प्रबन्ध मिलाउने साथै स्थानीय देखि ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारबाट मनोरञ्जन गराउने वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार चौधरीले जानकारी दिएका छन् । 

त्यसका साथै एक्स्पाेमा कृषि आधुनिक औजार, उपकरण प्रदर्शनी, सुनसरी जिल्ला र रामधुनीका पर्यटकीय स्थलहरूको तस्बिरहरूको प्रदर्शनी, रामुधनीमा उत्पादन भएका बस्तुको स्टल राख्ने, सांस्कृतिक तथा जातीय भेसभुसाको प्रदर्शनी गर्ने, अटाेमाेबाइल तथा इलेकट्रोनिक समानको प्रदर्शनी लगायत फुटवेयर गार्मेन्ट र बैङ्किङ संस्थाहरूको स्टल रहने अध्यक्ष चौधरिले बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित