मन्त्री अशोककुमार राई तिर हेर्दै हर्कले भने 'राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर सधैँको लागि हटाएको होइन, चाँडै राख्छु'

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघिय मन्त्रीहरूलाइ दबाब दिन अाफ्नाे कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री पुस्पकमल दाहालकाे तस्विर हटाएकाे बताएका छन । आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कृषि तथा खाद्य प्रविधी याेजना उन्मुख कार्यशाला कार्यक्रममा बाेल्दै विशिस्ट अतिथी रहेका मेयर साम्पाङले यस्ताे बताएका हुन । 

कार्यक्रमका प्रमुख अतिथी विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राई तर्फ पुलुक्क हेर्दै मुसु मुसु हास्दै मेयर साम्पाङले भने ‘मैले सधैँका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको होइन, चाँडै लगाउँछु ।’सरकारको ध्यानाकर्षण गर्न आफूले एकल आन्दोलन गर्दै आएको बताउँदै उनले, ‘केन्द्रको ध्यान जान थालेकोले तस्बिर चाँडै आफै लगाउने’ बताएका हुन् ।

उनले धरानमा खानेपानी ल्याउने विषयमा संघिय सरकारले कुनै सहयाेग नगरेकाे प्रति रूस्ट भएर कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीकाे तस्विर हटाएकाे उल्लेख गरे ।उनले सङ्घीय सरकारले धरानका मुख्य समस्या खानेपानीको सहजताका लागि ठुलो योजना ल्याउनु पर्ने उनले बताए । यसाे भनिरहदा मन्त्री राइले भने मेयर प्रति हेर्दै मुन्टाे मात्रै हल्लाइरहे !

प्रतिक्रिया

सम्बन्धित