नेपालले भुटानलाई ८ विकेटले हरायो

काठमाडौं / एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाललाई भुटानलाई ८ विकेटले पराजित गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराएको हो। ६६ रनको विजयी लक्ष्य नेपालले ११औं ओभरमा पूरा गर्‍यो।

नेपालका लागि सिता रानामगरले सर्वाधिक ३२ रन बनाएर नटआउट रहिन् भने रुबिना क्षत्री बेलबासे १७ रनमा अविजित रहिन्। ओपनर कविता कुँवर पाँच रन बनाएर आउट हुँदा कप्तान इन्दू बर्मा एक रन बनाउँदै पेभिलियन फर्किइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले पूरै २० ओभरमा ४ विकेट गुमाएर ६५ रन जोड्न सकेको हो। उसका लागि नग्वाङ छोडेनले २५, छिरिङ जाङ्मोले १६ तथा डेचेन वाङ्मोले १७ रन जोडे।

नेपालका लागि कविता कुँवर, सीता राना मगर, इन्दु बर्मा र कविता जोशीले एक–एक विकेट लिए। नेपालले पहिलो खेलमा हिजो हङकङलाई पराजित गरेको थियो। नेपाल रहेको समूह डी मा हङकङ, माल्दिभ्स र भुटान छन्। नेपालले अब फागुन १ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित