सरस्वती पूजाकाे अवसरमा  इटहरीस्थित सुष्मा सेकेण्डरी स्कुलमा निःशुल्क भर्ना

इटहरी । श्री पञ्चमी अर्थात् सरस्वती पूजालाई मध्यनजर गर्दै सुनसरीको इटहरी स्थित सुषमा गाेदावारी सेकेन्डरी स्कुलले विशेष अभियान चलाएको छ । जसमा साना नानीहरूलाई निःशुल्क भर्ना देखि विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउने घोषणा गरेको छ ।

सरस्वती पूजाको अवसरमा आफ्ना नानीहरुलाई अक्षरारम्भ गराउनको लागि अभिभावकहरूलाई सादर आमन्त्रण समेत गरेको छ । सो दिन स्कुलमा विशेष कार्यक्रम पनि आयोजना गरिएको जनाइएको छ ।

विगत  १८ वर्ष देखी गुणस्तरीय शैक्षिक सेवा सुविधा प्रदान गर्दै आइरहेको बिध्यालय प्रदेशमै अब्बल रहेकाे छ । विद्यालयका हरेक कक्षा कोठामा डिजिटल प्रविधिबाट अध्ययन अध्यापन , स्मार्ट बोर्ड , गुणस्तरीय शिक्षा ,अनुकूल शैक्षिक वातावरण ,विभिन्न ECA र CCA कार्यक्रमहरूमा विशेष जाेड दिँदै आइरहेको छ । अनुभवी र प्रशिक्षित शिक्षण सङ्कायहरूमा विशेष सेवा सुविधाका साथ भर्ना अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित