निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-1881_LeOFSHwNiv_fx7yum0ubcgcpf6ct5eozj94ve6rk1e3gi8cyqomgse3lvue83wheburkjxj_mGu8iH9faE_kn4bwjpr1yovm4mwjpwxyjr6kloxckqju8otmseu2caqeuz1mudjbxet3gry.jpg)
इस्लामबाद । पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । तर, केही ठाउँमा अझै परिणाम नआए पछि इमरान खान नेतृत्वको पीटीआईले आज प्रदर्शन गर्न लागेको हो । सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आरओ कार्यालय बाहिर प्रदर्शन गर्न आह्वान गरेको छ ।
पीटीआई नेता ब्यारिस्टर गोहर अली खानले पार्टी कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन परिणामहरू रोकिएको र ढिलाइ भइरहेको निर्वाचन क्षेत्रहरूमा रिटर्निंग अधिकारीहरूको कार्यालय बाहिर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।
‘इमराने खान साहबको निर्देशन अनुसार नतिजा रोकिएका र ढिलाइ भएका क्षेत्रहरू हामी तपाइँसँग त्यो सूची साझा गर्नेछौं र जानाजानी हाम्रो बहुमतलाई हारमा परिणत गर्न कोशिश गरिदैँछ, त्यसैले दबाब दिन जरूरी छ’ उनले भने, ‘नतिजा घोषणा नभएका निर्वाचन क्षेत्रमा सम्बन्धित आरओ कार्यालयबाहिर आन्दोलन गर्ने छौँ ।”
गोहरले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै पार्टीका कार्यकर्ता र समर्थकलाई कानूनअनुसार विरोध गर्न आग्रह गर्दै यो संवैधानिक अधिकार भएकोसमेत बताएका छन ।
इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले शनिबार मध्यरातसम्ममा पूर्ण परिणाम घोषणा गर्ने निर्वाचन आयोगलाई दबाब दिएकाे थियाे ।
‘निर्वाचन आयोगले मध्यरातभित्र पूर्ण परिणाम घोषणा गरोस्, नत्र नतिजा नआएका क्षेत्रमा आन्दोलनको सामना गर्न तयार रहनुपर्छ’, साे पार्टीले हिजाे भनेकाे थियाे । यस क्रममा पीटीआईले केन्द्रका साथै पञ्जाब र खैबर-पख्तुनख्वा प्रान्तमा पनि सरकार बनाउने बताएको छ।
खान नेतृत्वकाे पीटीआई समर्थक स्वतन्त्र उम्मेदवारले ९२ स्थानमा बिजय हासिल गरी पहिलाे स्थानमा रहेकाे छ भने नवराज सरिफकाे नेतृत्वकाे पिएमएलएन ७१ सिटसहित दाेस्राे स्थानमा रहेका छन । पिपिइ ५४ र जेएलफ ५ र अन्य स्वतन्त्रले ३३ स्थानमा बिजयी हासिल गरेका छन ।
बिहिबार अबेरसम्मकाे मत परिणाम पछि याे तथ्यांक सार्बजनिक भएकाे हाे ।
![भारतमा १३ बालबालिकासहित ५२ जना बसेको तीनतले भवन ढल्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/mohad_DBtxAi8RnJ_wjixgd4bvceksm0xaebu9lsc4ysebbt0nubbc3fzjvgvi2ylmfcgxhmrzz47_nPUfvlwbzO_guz74fgu4x7xsiutujw3tmygeycv2s9d9cwor1k3ilir23fudeik0taa1ubb.png)
भारतमा १३ बालबालिकासहित ५२ जना बसेको तीनतले भवन ढल्यो
![भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त](https://snowberry.prixacdn.net/media/gallery_folder/canada-aaglagi_NTYr0r4CcI_2tyaieqima07dmqcj4fr9mhrnx4n0agbfc8tzosukkds70oexrhruesrartg_8aMJXylrCa_2mvoe7qoolco6ac5gpi5vsledoicgfsdsrznmhgprfjyib404hdtsz4mejc7.jpg)
भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_FO2GF4bmt3_ftt4nepd0giwyfrwey07dfaeii2yxn3arrrizzjpltagmpq7zknbbj9tb32e.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_M2oaXGs9ba_1nsf186l0zy0ugpwepl8id5nx9id0vt5hczwui2hfvqblp2mr1zgsqfqumqo.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_b63BCrt2kg_4fusvisl1a3jg3jdacsibrnsks01dgmundzusxjziarhcsnw14ptdzn7pwan.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_6uKDqWh9R8_kdm6ggyldtgoljncqflqwscoy4xcms7zxqgdzc8tcfyr0th2eh9hrlzktok7.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_HPcObRQs89_ydkbvnphdijrm784r5cj5wdhvefw7exx8cbxer9ipvvu6dfrvkfv1tjooo2c.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_6U9lqkfiVB_gfzfx1cao3neiyoqyztnkgigoevnkcx2jtcab7xyk28nmoog6bh92updcnof.jpg)
प्रतिक्रिया