एसीसी महिला प्रिमियर कपः नेपालको सामना भुटानसँग
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1dd8eeb3-6fac-4b04-902e-a10c095ec062.jpeg_wv5hfqZXgu_fbtdfvkkhmqu66k4otrl76yit64d4adlfwkdh6fvupvvql2gxwiu2rwxwr2h_dCS6nUnbTk_mlrtus7vuo9o4jsnvqzu6bwy0ih2xyhwgghuxzq915y4hlvi3elhhhtmfgsw.jpeg)
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले भुटानको सामना गर्दैछ । मलेसियाको बायुएमास ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७ः १५ बजेदेखि शुरु हुने छ ।
नेपाल र भुटानले समुह डी अन्तर्गतको आ-आफ्नो पहिलो खेल जितेका छन् । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै भुटानले माल्दिभ्सलाई ९४ रन अन्तरले पराजित गरेको थियो । समुह डी मा रहेका हङकङ र माल्दिभ्सले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।
नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने तालिका रहेको छ । एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।
चार समुहका विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् ।
यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।
क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिम मलेसिया पठाएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगीता राई, अप्सरा बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् ।
![पेरिस ओलम्पिक भव्य उद्घाटन](https://snowberry.prixacdn.net/media/gallery_folder/perish%2520olymp_faYI2rO6sO_jojvpohiu5eiwbzaphjuzm0rgmymdn39slpf8vlc9cjf5wbitycbknhvd3tn_GN80cTVVF7_dwwnxbfqbuumocextbvenwwaqahmgxpzpnqtpve1qwncweihfccyl6seqzu8.jpeg)
पेरिस ओलम्पिक भव्य उद्घाटन
![भारत महिला एशिया कपको फाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India.jpg-20_3vhiAJf8uX_ye0l5iedtnmyy0lsgjbmjfdld4erkuw9s7migwsmetqhtpsaw8rypecqj1xu_Mk1JgPPets_tj5bacjjwqduukul10uoepy9ejuguddof2unqry1y9s3ydjbvhw7sqyo6vvo.jpg)
भारत महिला एशिया कपको फाइनलमा
![सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep1-760x500_sjMT2QJaQ8_qzu9q0u141atqg3oxawcmx8v0vghqzbifa4f4r7swfrxp3xkmwmjnghf8lgb_rNxblu1tQA_cdashgu0pefmjioabpghnwwp4tnfzvmu06ulukyq4gfv0s05czefvfocshev.jpg)
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
![पेरिस ओलम्पिकको उद्घाटन आज](https://snowberry.prixacdn.net/media/gallery_folder/images.jpeg-1_tXCQ6EMfDm_tsrnijceyilvrtg3fgrejeryachuszwsnowgzclpgcqthscshksmwakj7kpr_mnolDjpcYO_tdbseesjlvbkxud0tgmncaofq08zmxyntljhya28msfsnpea4ey3w6gcq3tx.jpeg)
पेरिस ओलम्पिकको उद्घाटन आज
![सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep-lamichhan_BkCJzTwqvp_3gsaaogxsmt5uozw7nixgc8cxynzsfrvn6mlfwdmin5k1izdydwjitsp80n9_YYWDXWqSZi_0mzlstu2ngkdyyb4ljvoqbjgmhbgucu9ggnat7bgxj1044obg6dwizzyuryb.png)
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित
![आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/IPL-.jpg-1_fzZoyHrRc4_bhv0dvqcxukbngy0krnnmeldfqj65xd0wdwf5tqvwz5e3hwv9i2wryidc70r_hJWpsUeBfg_pv67hqlqmcen3idj00nxsi0huqvcaogywuopjpebc5w1t4lpp76cqe44rvaq.jpg)
आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग
![पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि](https://snowberry.prixacdn.net/media/gallery_folder/Argentina_XTkl9IqavL_ar6c8tge47izpjgfwu2ghtjothayz3ixijdgftiana7tz6vlu5uetydnncgx_k8u2l3D1EU_1irogujuktgg6lhdaiv6v78l991il2s8okqwhjonogumlgxijrgokn3azrdw.png)
पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि
![फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/football_6wDnWTEKyO_8rcsjjdrszwtxgr1n85bch95arhjpqat94k03ska7jwhgqnv4hbfph1udu3q_TbkwJ3er26_7i64ceine1si6tkooqo9tygjjf5b64of9i7lp9dhtcz9cp8v20ga6t43dqbm.jpg)
प्रतिक्रिया