इटहरीस्थित लोटसद्वारा इपिएस परीक्षा उत्तीर्ण गर्न सफल २५५ जना बिद्यार्थीहरूलाई बधाई तथा शुभकामना प्रदान

इटहरी । सुनसरीको इटहरीस्थित लोटस मल्टी ट्रेनिङ प्रा.ली.ले कोरियन भाषाको इपिएस परीक्षा उत्तीर्ण गर्न सफल २५५ जना बिद्यार्थीहरूलाई बधाई तथा शुभकामना अादान प्रदान गरेको छ । भाषा परीक्षामा उर्तिर्ण बिद्यार्थीहरूलाइ लाेटसका इटहरी प्रबन्ध निर्देशक तथा कोरियन भाषा प्रशिक्षक रवीन्द्र निरौला, कोरियन भाषा प्रशिक्षक लीला राज घिमिरे, लोकेन्द्र घिमिरे र अरविन्द मेहताले विद्यार्थीहरूलाई अबिर, टिका र खादा लगाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा भाषा प्रशिक्षक लीला राज घिमिरे, लोकेन्द्र घिमिरे लगायतले बधाई दिनुको साथै आउँदा दिनमा कोरियाको काम र बसाईमा अझ सहजता र सफलता मिलोस् भन्दै बिद्यार्थीहरूलाइ शुभकामना व्यक्त गरेका थिए । सन् २००८ देखि कोरियन भाषाको इपिएस परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको यस लोटस मल्टी ट्रेनिङ प्रा.ली.इटहरीबाट यो वर्ष २५५ विद्यार्थीहरूले कोरिया भाषा परीक्षा उर्तिर्ण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित