पथरीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

पथरी । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले बताए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ७०७४ नम्बरको ट्रकले प्रदेश १–०२–०५३ प ५५२८ नम्बरको मोटरसाइकललाई बिहान ८ बजेतिर ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–१० का ५५ वर्षीय श्रीकुमार काङवाको मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । गम्भीर घाइते भएका काङवालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी उनले दिए ।

ट्रक र चालक बाराको जितपुरसिमरा–७ का ३५ वर्षीय साहेब जान अन्सारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित