भरिया बनेर भोजपुरका सुवास गरे गाउँमा विद्यालय स्थापना

भोजपुर । सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गरेका छन । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका ९ बैदर भञ्याङमा विद्यालय स्थापना गरेका हुन ।

उनले वि.सं.२०४६ मा चित्राले बारेर विद्यालय सञ्चालन गरेका थिए । उनले लालीगुँरास प्राथमिक विद्यालय स्थापना गरेर कक्षा ५ सम्मको पठाई थालेका थिए । त्यसपछि उनले वि.सं २०५१ मा चन्द्रसूर्य माध्यमिक विद्यालय स्थापना गरेर कक्षा ६ देखि १० सम्म सञ्चालन गरे । वि।सं।२०६८ चैतदेखि दुई विद्यालयलाई गाभेर चन्द्र सूर्य माध्यमिक विद्यालय बनाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित