इक्वेडरमा २८ बर्षिया काउन्सिलरको गोली हानी हत्या, सिंगाे देश शोकमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news638070._I8NSUwKFYV_fpaozmdvxqmoyt28noyytkxcql2pevy5xn97k6sks3fl2zbxdvzlp2kqbvpg_gHOlQYWESX_gdt0xmo6z2gwzqzcffayjogibrhrh1jlgad7mjja5ibp0ab5mepvonzhcvmt.jpg)
एजेन्सी । इक्वेडरमा एक जना काउन्सिलरको गोली हानी हत्या गरिए पछि पुरै देश शोकमा डुबेको छ ।
गुयासको नारञ्जलमा सडकको खराब अवस्थाबारे भिडियो खिच्दै गर्दा २९ वर्षीया डायना कार्नेरोमाथि आक्रमण भएको थियो । मोटरसाइकलमा आएका दुई संदिग्धहरूले डायनाको टाउकोमा गोली हानेका थिए।
प्रहरीले भने, ‘मोटरसाइकलमा आएर दुईजना शंकास्पद व्यक्तिले उनको टाउकोमा गोली हानेर भागेका थिए ।’ त्यसपछि उनलाई हतार हतार अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा हालसम्म कसैलाई पक्राउ नगरेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डायनाको हत्याले देशभर शोकको लहर
पूर्व राष्ट्रपति राफेल कोरियाले पोस्ट गरे, ‘डायना मात्र २९ वर्षकी थिइन्। यो एक दुःस्वप्न जस्तै छ। जब तपाईंका छोराछोरीहरू यो उमेरका हुन्छन्, तपाईंले बुझ्नुहुन्छ कि तिनीहरूका आमाबाबुले यस समयमा के गुज्रिरहेका छन्।’
ग्वायाकिलका डेपुटी मेयर ब्लान्का लोपेजले पनि ट्विटरमा लेखेका छन, ‘यसको अन्त्य हुनैपर्छ, हाम्रा क्यान्टोन, प्रान्त र देशका लागि राम्रो दिन चाहनुको मतलब हाम्रो जीवनलाई जोखिममा पार्नु हुँदैन।’
डायना कार्नेरोको मृत्यु राजनीतिक हिंसाको श्रृंखलामा नयाँ घटना हो। संगठित अपराध समूहहरूद्वारा हुने हिंसा बढ्दै गएपछि राष्ट्रपति ड्यानियल न्गोबोआले गत महिना देशमा सङ्कटकालको घोषणा गरेका थिए। ती अपराधिक समुहले राति ११ बजे पछि जो कोही बाहिर भेटिएलाई ‘फाँसी’ दिइने चेतावनी दिएका थिए।
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_yCgj0Lpe41_laj12w7xhywfbicws5ndq2bsrqflcfbbz1mnrcktuaevzdbtrhdqx4nkt7jr.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_LwT7Lz4gqJ_whoek8d7aly0yqfk7ypm2mnsdnjhuearzekfbiynd7pnussawypar3rchvqv.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_zSXe9qitSH_zxbisgxxv1ieabcvhx9tlap03q5uf3olgoqyra2jslfs4gsqoxmm88zjzi0o.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_r8t3ZGhVAV_9ylxtld2tb0hvnhjziszazognhwcu1a2zrtaokv9w4ymns2rp3rotajanjtz.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_fpwTGRXJ3b_bxat65hdkp0netnghkd2bur1qedsbmyjr4zbmkqprr5ql3jaggj5oj9oody8.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_oX3c3mE1ih_ybznpkkwld09qfgd3gzjhwbsjcjmcb1a3pv3m646lj6iy495je6qtabhmbjl.jpg)
इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो
ट्रम्पलाई गोली लागेका कारण सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले दिइन् राजी…
![सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान](https://snowberry.prixacdn.net/media/gallery_folder/Nirmala.png_ZEQFLlYfPn_9shr7i5aiiudty2mknfnrwroqvouxgrt8vukbdmpkxnxobzpoc5y39arwlv5_MwtKmtTBCM_tu6y8hxthaibv8pgt4qnppdqvxeyihy0h7cse8z5nhwkxlo6wbzamqw9tcqi.png)
प्रतिक्रिया