नमुना कलेजकाे 'मिस्टर एण्ड मिसेस फ्रेसर्स' मा जे देखियाे (तस्विरहरू)

इटहरी स्थित नमुना कलेजले मिस्टर एण्ड मिसेस फ्रेसर्स कार्यक्रम सम्पन्न गरेको छ । कलेजले आयोजना गरेको मिस्टर फ्रेसर्स तर्फ सुसन रिजाल प्रथम भएका थिए भने सुमित श्रेष्ठ दृत्य र सुजन भुजेल तृतिय भएका थिए ।  त्यस्तै मिस फ्रेसस तर्फ अपेक्षा पाण्डे प्रथम भएकी छिन ।

कलेजकी श्रिया जसु दृत्य र सजना गुरुङ तृतिय भएका थिए ।  यस्तै अन्य विधामा वेस्ट स्माइलतर्फ करिना यादव ,  भावना घिमिरे, मस्ट ट्यालेन्टतर्फ दिक्षा सुवेदी , ,पब्लिक च्वोइसतर्फ कालिका श्रेष्ठ ,  र वेस्ट कपल वाल्कतर्फ सुमित श्रेष्ठ र सजना गुरुङ उत्कृष्ट बनेका थिए । 

कलेजले विद्यार्थीका प्रतिभा प्रस्फुटनका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको र मिस्टर एण्ड मिस फेसर्सको आयोजना सँगै  प्रथम वर्ष तथा प्रथम सेमेस्टरका विद्यार्थीहरुलाइ स्वागत गरेको कलेजका प्रबन्ध निर्देशक धर्म न्यौपानेले बताए । कार्यक्रममा कलाकार तथा फिल्म निर्देशक अरुण प्रधानको प्रमुख आतिथ्य तथा कलेजका सञ्चालक केशव खड्काकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०५६ सालमा स्थापना भएको ग्रिनपिस एकेडेमी थप स्तरउन्नती गर्दै २०७० सालमा इटहरी नमुना कलेजको रुपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । ४२ जना विद्यार्थीबाट शुरुभएको नमुना कलेज पछिल्लो समय पूर्वी नेपालका सबै जिल्लाहरुका साथै कोरिया तथा जापानबाट समेत गरी ९ हजार भन्दा वढि विद्यार्थीहरुले अध्ययन गरिसकेका छन् । पूर्वी नेपालका विद्याथीहरुको आम रोजाइमा पर्ने यस कलेजमा प्लस टु तथा स्नातक तहमा वि.एस.डब्लु., वि.सि.ए., वि.एच.एम., वि.वि.एस., वि.वि.ए., वि.आई.टी. र  स्नातक–कोत्तर  तहमा एम.वि.ए. को अध्यापन गराईरहेको छ । 

शिक्षा क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल इटहरी नमुना कलेज सिंगो प्रदेशमै अब्बल रहेको छ । इटहरी उपमहानगरपालिका वडा नं ८ मा अवस्थित नमुना कलेज वास्तवमै नमुना शिक्षण संस्थाका रुपमा चिनिदै आइरहेको छ । शान्त वातावरण, सुविधासम्पन्न पूर्वाधार, पर्याप्त स्रोतको उपलब्धता, अनुभवी तथा दक्ष शिक्षक, अत्याधुनिक ल्याब, प्रविधिमैत्री कक्षाकोठा, ई–लाइब्रेरी, अनुभवी सेफ सहितको होटल म्यानेजमेन्ट ल्याब, यातायात सेवा लगायतका सुविधाकै कारण यस कलेज व्यवहारिक शिक्षामा पनि अब्बल रहेकोे छ । 

प्रतिक्रिया

सम्बन्धित