कस्तुरी कलेजको २५औ वार्षिकोत्सव, शिक्षकलाई सम्मान , बिद्यार्थीलाई पुरस्कार

इटहरी । कस्तुरी कलेज इटहरीले शुक्रवार २५ औँ वार्षिकाेत्सव भव्यताका साथ सम्पन्न गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्ष भरी आयोजना गरिएका विभिन्न खेलकुद  प्रतियोगी तथा परीक्षामा मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरूलाई सम्मान सँगै पुरस्कार वितरण गरिएको थियो ।

वार्षिकोत्सव अवसर पारेर कलेजमा विगत १५ वर्ष देखि निरन्तर शिक्षा क्षेत्रमा लागेर कलेजलाई महत्त्वपूर्ण याेगदान दिने शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम कलेजका व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित