सुष्मा कलेजका बिद्यार्थीहरूलाई बैङ्किङ करियर वित्तीय साक्षरता तथा  काउन्सेलिङ कार्यशाला सम्पन्न

इटहरी / सुनसरीको इटहरीस्थित सुष्मा गाेदावारी कलेजले कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन तथा हाेटल व्यवस्थापन समूहका बिद्यार्थीहरूलाई  वित्तीय साक्षरता तथा बैङ्किङ करियर काउन्सेलिङ कार्यशाला सम्पन्न गरेको छ । सूचना प्रविधि सँगै बैङ्किङ क्षेत्रमा आफूलाई कसरी स्थापित गराउन सकिन्छ भन्ने जानकारी सहित यो कार्यक्रम गरिएको कलेज व्यवस्थापन समितिका संयोजक राहुल रायले बताए ।  लक्ष्मी सनराइज बैङ्क र इसेवाकाे सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

लक्ष्मी सनराइज बैङ्कका प्रतिनिधिले वित्तीय साक्षरता सम्बन्धी जानकारी मूलक र उपयोगी शिक्षा प्रदान गरेका थिए भने ई सेवाका प्रतिनिधिले आजको युगमा डिजिटल प्रविधिको प्रयोग कसरी गर्ने र आर्थिक लाभ कसरी लिने भन्ने सन्देशमूलक शिक्षा प्रदान गरेका थिए ।

दुई दिन सम्म काउन्सेलिङले आधुनिक सूचना प्रविधिको प्रयोगबाट सुरक्षित तथा भरपर्दो रूपमा कसरी आर्थिक कारोबार सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा ज्ञान तथा सिप आर्जन गरेको सहभागी विद्यार्थीहरूले बताए । २ दिन सम्म सञ्चालन गरिएको उक्त कार्यक्रम लक्ष्मि सनराइज बैङ्क इटहरी शाखा प्रमुख सुमन दाहाल  र ई सेवाका तर्फबाट सत्रुधन सहनिले सहजीकरण गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित