इटहरीमा १२ वर्ष माथिका ५ सय बढिले लगाए बुस्टर खोप

इटहरी । इटहरी उपमहानगरका ५ सय बढिले कोरोना भाइरस विरुद्धको बुस्टर खोप लगाएका छन् । शुक्रवार उपमहानगरमा १२ वर्ष माथिका स्थानीयहरूले सो खोप लगाएका हुन । पहिलो लगाएर दोस्रो देखि छुटेकाहरूले उक्त खोप लगाएका हुन ।

इटहरी उपमहानगरको २० वटै वडामा शुकबार बुस्टर खोप अभियान चलाइएको थियो । सो अभियानमा २० वटै वडाका ५ सय बढी स्थानीय तथा बालबालिकाले सो खोप लगाएका उपमहानगरका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले बताए । उनका अनुसार वडा नं ६ मा मात्रै ११० भन्दा बढिले सो खोप लगाएको बताए । 

प्रतिक्रिया

सम्बन्धित