इटहरीस्थित पाथीभरा स्कुलका  पिजी देखी कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरूले देखाए आफ्नो कला (तस्विरहरू सहित)

इटहरी । सुनसरीको इटहरीस्थित पाथीभरा सेकेन्डरी स्कुलको मन्टेस्वरीमा अध्ययनरत बालबालिकाहरूले आफ्नो कला र क्षमता प्रस्तुत गरेका छन् । विद्यालयमा अध्ययनरत पिजी देखी कक्षा १ सम्म अध्यानरत बालबालिकाहरूले शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा आ–आफ्नो कला र क्षमता प्रस्तुत गरेका हुन् ।

बालबालिकाहरूले घरयासी जीवनमा प्रयोग हुने सामग्री देखि शाैर्यमन्डलमा भएका ग्रहहरूको वर्णन सहितको चित्रहरू बनाएर प्रदर्शनमा राखेका थिए । घर भित्र र बाहिर प्रयोग हुने घरायसी सामग्रीहरू कसरी प्रयोगमा ल्याउने तिनीहरूको फाइदा र बेफाइदा बारे अभिभावहरूलाई जानकारी गराएका थिए ।

बालबालिकाहरूको प्रदर्शनीलाई उपस्थित अभिभावकहरूले खुलेरै प्रशंसा गरेका थिए । साना विद्यार्थी भाइबहिनीहरूभित्र भएको कलालाई निखार्न एक दिन भए पनि अभिभावकहरूको उपस्थितिमा उनीहरू आफैले बनाएका बिभिन्न चित्र तथा कलाहरू प्रस्तुत गरिएको पाथीभरा सेकेन्डरी स्कुलका प्रधानाध्यापक डा.गोपाल श्रेष्ठले बताए ।

विद्यालयले बालबालिकाहरूलाई कस्तो शिक्षा प्रदान गरिरहेको छ भनेर हेराउन पनि यो कार्यक्रम गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ थियो । त्यस्तै साना बालबालिकाहरूलाई किताबको ज्ञान सँगै व्यवहारिक शिक्षा पनि प्रदान गरी हरेक क्षेत्रमा अब्बल बनाउन यस्ता कार्यक्रमहरू स्कुलले निरन्तर गर्दै आएका स्कुलका संस्थापक अध्यक्ष निर्मल कुमार रिजालले बताए । आ आफ्नो कला प्रस्तुत सँगै जातीय भेषभुषामा सजिएका विद्यार्थीहरूले उपस्थित अभिभावक तथा अतिथिहरूलाई संस्कार अनुरूपको स्वागत पनि गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित