सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं / सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित