काेशी प्रदेशमा कस्ताे रहला आजकाे माैसम : सुनसरी,माेरङ र झापामा घाम लाग्ने, उच्च पहाडी भेगमा हिमपात

इटहरी ।  अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शुक्रबार) दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, राति गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।यस्तै काेशी प्रदेशकाे सुनसरी , माेरङ र झापामा भने बिहानै देखि घाम देखिएकाे छ । पूर्वि पहाडी भेगमा भने हुस्सु रहल्का हिमपातकाे सम्भावना रहेकाे बिभागले जनाएकाे छ । 

 

प्रतिक्रिया

सम्बन्धित