मेयर साम्पाङकाे अराजकता : स्ट्याटस लेखेकै भरमा टेलिकमका कर्मचारीलाई कार्यकक्ष बोलाएर धरान छाडन धम्की

इटहरी । एक पछि अर्को उटपट्याङ हर्कतका कारण विवादमा आइरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिहीबार पुनःबिवादित र आफै आलोचित हुने लज्जास्पद काम गरेका छन् ।

मेयर साम्पाङले स्ट्याटस लेखेकै भरमा नेपाल टेलिकम शाखा धरानका कर्मचारी शिव धमला माथि दुर्व्यवहार मात्रै गरेनन् उनलाई प्रहरी बोलाएर थुनाउने सम्मको कृत्य गरेका छन् । बिहीबार मेयर साम्पाङले कार्यकक्षमा बोलाएर कर्मचारी आफू माथि धरान छाडेर गइहाल जस्ता अपशब्द प्रयोग गर्नुका साथै नगर प्रहरी लगाएर लछार पछार समेत बनाएको पीडित कर्मचारी धमलाले बताए ।

आफूलाई पक्राउ गर्न प्रहरी समेत बोलाएको तर उपमहानगरका प्रवक्ता एवम् वडा नं१७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)लाई गुहार मागेपछि छाडिएको बताए ।

कर्मचारी धमलाले बुधवार आफ्नो फेसबुकमा ‘हामी कति मूर्ख कहिले माओवादीले भाटा हानेर दिमाग खुस्केकालाई जिताउँछौ कहिले विदेशी भएका अनि चुनाव पछि पछुताउँछौ’ भनी स्ट्याटस पोस्ट गरेका थिए । स्ट्याटस लेखेकै भरमा कर्मचारी माथि तल्लाे स्तरको व्यवहार गर्नु कहाँ सम्मको जायज हो भन्दै मेयर साम्पाङकाे चौतर्फी विरोध भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित