कञ्चनवारि दुर्घटना अपडेट : ट्रकले नियन्त्रण गुमाउँदा ट्रिपरमा ठक्कर , घाइते पाँच मध्ये दुईको अवस्था गम्भीर

इटहरी । विराटनगर कञ्चनवारिमा बालुवा गिट्टी बोक्ने हाइवा टिपरलाई ट्रकले ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । विराटनगरबाट इटहरी तर्फ आइरहेको प्रदेश १-०२-००१ प ४६१७ नम्बरको टिपरलाई ना३ख ६६६४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

कोसी प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार ट्रकले नियन्त्रण गुमाएर ट्रिपरलाइ ठक्कर दिएर दुर्घटना भएको र ट्रकमा सवार ५ जना घाइते भएको जनाएको छ ।

घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । घाइते मध्ये ट्रकका चालक बेहोस अवस्थामा रहेका छन् भने सहचालकको अवस्था गम्भीर रहेको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित