कलमा मोटर चलाई पानी खाने क्रममा अचानक करेन्ट लाग्दा एक बालककाे मृत्यु

इटहरी / इटहरी उपमहानगरपालिका १६ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय मोती अन्सारीका छाेरा १३ वर्षीय कलिन मियाँलाइ करेन्ट लागेकाे हाे ।

करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई उपचारको लागि सान्वी सिटी अस्पताल लबिपुर लागिएको थियाे । साे उपचारकाे क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलमा मोटर चलाई पानी खाने क्रममा अचानक करेन्ट लागेकाे उनका बुवाले बताएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित