जाँतेकाे श्री माध्यमिक विद्यालयका ७१ जना विद्यार्थीलाई लत्ताकपडा बितरण

मोरङ । उत्तरी मोरङको लेटाङ–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयका बालकक्षा देखि ३ सम्म अध्ययन गर्ने ७१ जना छात्र छात्रालाई विद्यालय पोशाक वितरण गरिएकाे छ । तान्त्रीक गुरू भनेर चिनिने सुजन पूर्वछाने मगरले बिद्यालय पुगेर पोशाक वितरण गरेका हुन । 

 बिरामीहरूले दिएकाे भेटि संकलन गरी मगरले साे बिद्यालयमा पाेशाक बितरण गरेका हुन । बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरूकाे अवस्था देखेर अाफुले सानाे सहयाेग स्वाेरूप पाेशाक बितरण गरेकाे मगर बताउछन । 

वडा नं.९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाले तान्त्रिक गुरू सुजन पूर्वछाने शिवशक्ति बाबाको रुपमा परिचित हुनु लेटाङको गौरव भएको बताए । पछिल्लो समय उनको लेटाङ–९ बुद्धचौकको आस्रममा ५ जनाले आवासीय रुपमा उपचार गराइरहेका छन् । मगर ३ वर्षयता जाँतेमा  जडिबुटी र मन्त्रतन्त्रका माध्यमबाट नशाजन्य रोगको उपचार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित