इटहरी नमुना कलेजमा भिडियो इडिटिङ तालिम

इटहरी / इटहरीको नमुना कलेजले कक्षा ११ मा कम्प्युटर साइन्स विषय लिएर पढने बिद्यार्थीहरूकालागि एक हप्ते फोटोसप र भिडियो इडिटिङ तालिम सञ्चालन गरेको छ ।

गत सोमबार देखि सुरू भएको तालिममा ७० जना भन्दा बढी बिद्यार्थीहरू सहभागी देखिएका छन । कम्प्युटर साइन्स विषय रोजेर अध्यन गरिरहेका विद्यार्थीहरूलाइ फाटो सफ र भिडियो इडिटिङ तालिम प्रदान गरिएको कलेजका शिक्षक राजेस थापाले बताए ।

तालिममा विद्यार्थीहरूको सहभागिता उत्साहजनक देखिएको पनि शिक्षक थापाले बताए । 

प्रतिक्रिया

सम्बन्धित