खेलकुदमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरूलाइ पाथीभरा स्कुलले गर्याे पुरस्कार वितरण  (तस्विरहरू)

इटहरी । सुनसरीकाे इटहरीस्थित पाथीभरा सेकेन्डकी स्कुलले वर्ष भरी आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी भाइबहिनीहरूलाई बुधवार सम्मान तथा पुरस्कार वितरण गरेको छ । अतिरिक्त कृियाकलाप अन्तरगत स्कुलले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने पिजी देखि १० कक्षा सम्मका बिद्यार्थीहरूलाइ पुरस्कार वितरण गरिएको हो । 

स्कुलले गत माघ १७ गते देखि १९ गते सम्म विभिन्न चरणका खेलकुद प्रतियोगिता गरेको थियो । सोही खेलकुदमा प्रथम , द्वितीय, तृतीय र सान्त्वना हुने बिद्यार्थीहरूलाइ बुधवार मेडल,प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको हो । विद्यार्थी जीवनमा खेलकुद अनिवार्य रहेको र खेलेका माध्यमबाट शरीरलाई सदैव स्वास्थ्य राख्न पनि स्कुलले विभिन्न समयमा अतिरिक्त कृयाकलाप सँग खेलकुद प्रतियोगिता गर्दै आएको छ ।

 

 खेलेका माध्यमबाट बिद्यार्थीहरूलाइ स्वास्थ्य राख्न र किताबको ज्ञान सँगै अतिरिक्त कृियाकलापमा पनि अब्बल बनाउन इटहरी स्थित पाथीभरा सेकेन्डकी स्कुलले बेला बेलामा स्पाेट्स मिट जस्ता कार्यक्रमहरू गर्ने गरेको स्कुलका प्रिन्सिपल डा.गोपाल श्रेष्ठले बताए ।

विद्यार्थीहरू भित्र भएको कलालाई उजागर गर्न र खेलकुदको माध्यमबाट क्षमता अभिवृद्धि गराउने उद्देश्यसहित स्पाेट्स मिट सञ्चालन गर्ने गरिएको पाथीभरा स्कुलका संस्थापक अध्यक्ष निर्मल रिजालले बत्ताउनुभयो ।  स्थापनाकाले छोटो समयमै अभिभावक र बिद्यार्थीहरूकाे मन जित्न सफल पाथीभरा सेकेन्डकी स्कुल पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान सँगै भौतिक पूर्वाधारमा अब्बल साबित भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित