ताप्लेजुङमा वनमा लागेको डढेलो गाउ पस्याे , एक घर जलेर नस्ट

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित  वनमा लागेको डढेलो गाउ पस्दा स्थानीय प्रतिमान विश्वकर्माको घर जलेर नस्ट भएकाे छ ।मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा वनमा लागेको डढेलोले स्थानिय विककाे घर जलेर नस्ट भएकाे हाे ।  

गाउँपालिकाका अध्यक्ष यकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार सान्थाक्राका आगलागी भएको र आगलागीले विश्वकर्माको घर पूर्णरुपमा जलेर नष्ट भएकाे हाे ।

सान्थाक्रा र वडा ३ खाम्लुङको सिमानामा रहेको साक्फारा वनमा मङ्गलबार दिउँसोदेखि डढेलो सुरु भएको थियो । वनमा लागेको डढेलो तत्काल नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, प्रहरीलगायतले कोसिस गरे पनि हावाहुरीका कारण सम्भव नभएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताए । 

प्रतिक्रिया

सम्बन्धित