बिहीबार इटहरीमा लिम्बु संस्कारमा आधरित चलचित्र ‘’युक्पुङ‘’ (बस्ती) को विशेष प्रदर्शन हुने

इटहरी । सुनसरीको इटहरीमा बिहीबार कलाकार निर्देशक तथा गायक कुशल थलङले निर्माण गरेको पूर्वीय याकथुङ लिम्बु संस्कार एवम् यथार्थ जनजीवनमा आधारित नेपाली कथानक चलचित्र ‘’युक्पुङ‘’ (बस्ती)को विशेष प्रदर्शनी इटहरीमा हुने भएको छ ।

संघर्षरत् एउटी अविवाहित नारी पात्रको कथालाई मौलिक सांस्कृतिक धरातलमा खिपेर पर्दामा उतारिएको यस फिल्मको विशेष प्रदर्शन इटहरीमा गर्न लागिएको हो । तेह्रथुम वडा नं. ९ साब्ला,वसन्तपुरको चोत्लुङ पार्क लगायत पूर्वको पर्यटकीय एवम् रमणीय स्थलमा छायाङ्कन गरिएको यस चलचित्रले बिहीबार इटहरीकाे इलाइट सिनेमा घरमा विशेष प्रदर्शन गर्ने भएको हो ।

 चलचित्रमा मुख्य नायिका कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली चोङ्हाङ, मिराक लिम्बू, डिबी लिम्बू, तेज आङबुहाङ, पुष्प वनेम, हिमाल लेछर्बो, सुमन नेम्वाङ, देउमान पालुङवा, नमुना केरुङ, सासर केरुङ, प्रेम ओझा, कुमार ढकाल, टिआर सेनेहाङ र बिनु तुम्बाहाम्फे आदि लगायतले अभिनय गरेका छन् ।

दिनेश माङ्मुको कथा निर्देशनमा तयार भएको चलचित्रमा विष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको छ । चलचित्रको निर्माणमा नरकुमारी वनेम (शेनदाङ) , दिलु पाङ्मा लिम्बू र इन्दु लावती रहेका छन् भने सह निर्मातामा तेज आङ्बुहाङ, पुष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् । कला निर्देशक याङ मुकारुङ, गीत सङ्गीतमा मदन वनेम र मनु नेङवाङ रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित